रातको समयमा सुर्खेत–कोहलपुर सडकमा मोटरसाइकल चलाउँन रोक
सुर्खेत : रातको समयमा रत्नराजमार्गको सुर्खेत–कोहोलपुर मोटरसाइकल चलाउनमा रोक लगाईने भएको छ। जिल्ला प्रशासनका कार्यालय सुर्खेतले एक सुचना जारी गर्दै मोटरसाइकल चलाउँनमा रोक लगाउँने जनाएको छ।
जंगली जनावरको आक्रमणबाट भेरीगंगा नगरपालिकाका दुई जनाको मृत्यु भएपछि स्थानीयले सडक अवरुद्ध गरेर आन्दोलनमा उत्रिएपछि प्रशासनले रातमा मोटरसाइकल चल्न नदिने निर्णय गरेको हो।
प्रशासनकाअनुसार आइतरबार बिहान ८ बजेको समयमा भेरीगंगा–५ गेरवानीका ४८ वर्षीया रामबहादुर चन्द र ६७ वर्षीया कवि वलीको आफ्नो घरदेखि करिब तीनरचार सयको मिटरमा पूर्वतर्फ पर्ने जंगली जनावरको आक्रमणमा परी मृत्यु भएको थियो।