मकै बालीजोगाउन रातभर जाग्राम
दैलेख : दैलेखको भैरवी गाउँपालिका–१ महतारा गाउँका कृषक मकै बाली जोगाउन रातभर जाग्राम बस्नु पर्ने बाध्यतामा रहेका छन् । दिनभर बाँदर र रातभर बँदेलले आतक बाट मकै बाली जोगाउन जाग्राम बस्नु पर्ने बाध्यता रहेको कृषकहरुले बताएका छन् ।
भैरवी गाउँपालिका –१ रावतकोट महतारा गाउँका लीलाराम महताराले बँदेलका कारण मकै जोगाउन निकै मुस्किल परेको बताए । उनले वर्षभरिमा अन्य समयमा भन्दा मकै हुर्कने र भाँच्ने समयमा बँदेल बढी लाग्ने गरेको बताउँदै मकै बाली जोगाउन गाउँका कृषक बारीमै सुत्ने गरेको बताए । उनले मकै जोगाउन बारीभरि मान्छेका जस्तै चित्र र बँदेल आउने सक्ने ठाउँमा डोरी बाँधिएको भए पनि बँदेल सुतेको समयमा आएर मकै बाली नष्ट गरेर जाने गरेको बताए । उनले भने रातको समयमा कति बेला बँदेल आउँछ, थाहै हुँदैन, पालैपालो जाग्राम बस्छौँ । करिब १५ मुरी मकै उत्पादन हुन्थ्यो लगभग सबै नष्ट भएको छ बँदेल र बाँदर नियन्त्रण गर्ने कसरी ।
भैरवी गाउँपालिका –१ कै झुपाराम महताराले सरकारका नीति नियमका कारण आफूहरू समस्यामा परेको बताए । उनले राज्यले जङ्गली जनावर मार्नु हुँदैन भन्ने नीति लिएको भए पनि आफूहरूलाई पनि आवश्यक पर्ने घेर वार नगरिदिने समस्या रहेको बताए । उनले भने गाउँपालिका भरी बँदेलको आतक छ कृषक रातभर सुत्न पाउँदैन त्यता तिर राज्यले हेर्दैन कृषक मर्कामा छौ ।
मकै क्षति गरेको विषयमा वडा कार्यालयमा खबर गरे पनि वडा कार्यालयले समेत आफूहरूलाई केही गर्न नसक्ने जवाफ दिएको कृषकहरूले बताएका छन् । गाउँमा बँदेल र बाँदरले मकैलगायतका अन्नबाली सखाप पार्न थालेपछि विभिन्न निकायमा गएर सहयोग माग्दा समेत आफूहरूले सहयोग नपाएको गुनासो समेत गरेका छन् ।
डिभिजन बन कार्यालयका सहायक बन अधिकृत वेदप्रकाश ढकालले बँदेलले क्षति गरेको खाद्यान्नको हकमा वर्षमा दुई पटक छुटाछुटै बालीको लागि १० हजार क्षतीपुती दिने ब्यबथा रहेको बताए । उनले राहतमा लागि सर्जमीन मुचुल्का निबेदन,सामुदायिक बनको सिफारिस,पालिकाको सिफारिस,कृषि कार्यालय बाट गरेको मुल्याङकन ,जग्गाधनी प्रमाणपत्र उपलब्ध गराएको खण्डमा डिभिजन बन कार्यालयको नेतृत्वमा रहेका सिफारिस समितिले बाँके राष्ट्रिय निकुञ्जलाई सिफारिस गर्ने र निकुञ्जले राहत उपलब्ध गराउँने बताए ।