Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

नेकपा (एमाले) दैलेखले तोक्यो जिम्मेवारी


दैलेख  :   नेकपा (एमाले)ले सातौँ जिल्ला अधिबेशन बाट निर्वाचित सदस्यहरुलाई विभिन्न जिम्मेवारी तोकेको छ । बैठकले ११ स्थानीय तहका इन्चार्ज,प्रतिनिधि सभा निर्वाचन क्षेत्र समन्वय समितिका संहयोजक–सहयोजक ,प्रदेशसभा क्षेत्र निर्वाचन समन्वय कमिटि र ११ स्थानीय तहका ९० वडाका वडा इन्चार्ज तोकेको हो ।

नेकपा एमाले दैलेखका कार्यालय सचिव यामनारायण उपाध्यायले दुई प्रतिनिधि सभा चार प्रदेश सभा र र पालिका इन्र्चाच,सचिवालय सदस्य,र वडाको इन्चार्ज समेत तोकिएको बताए । उनले निर्वाचन क्षेत्र नं. १ प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय कमिटीको संयोजकमा हरिप्रसाद उपाध्याय,सहसंयोजक– चन्द्रा रानामगर,सचिव– यामनारायण उपाध्याय प्रतिनिधिसभा निर्वाचन क्षेत्र समन्वय कमिटी संयोजकमा ओमजंग शाही,सहसंयोजक– कृष्णबहादुर थापामगर,सचिव– पदमकुमारी विष्टलाई तोकिएको जानकारी दिए ।

त्यस्तै प्रदेशसभा क्षेत्र निर्वाचन समन्वय कमिटी (क)को संयोजकमा कुलवीर विक, सहसंयोजक– चन्द्रा रेग्मी, सचिव– सुन्दर केसी, प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटी (ख)को संयोजकमा नामाखर शर्मा,सहसंयोजक– भुवनसरा बडुवाल,सचिव– सुरथबहादुर रावललाई जिम्मेवारी तोकिएको छ ।

त्यस्तै निर्वाचन क्षेत्र नः १ को प्रदेश (क)को संयोजकमा शान्ती प्रसाद रिजाल,सह संयोजक रेनुका भट्टराई, सचिवमा रामचन्द्र रिजाल, प्रदेशसभा (ख)को संयोजकमा कर्णबहादुर शाही, सहसंयोजक– कलम विक,सचिव– वीरबहादुर रावत लाई जिम्मेवारी तोकिएको छ ।

नेकपा(एमाले) दैलेखका अध्यक्ष एवम प्रतिनिधि सभा सांसद रबिन्द्र शर्माले स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिले समेत जनताको आवश्यकता र मागका आधारमा काम गर्न निर्देशन समेत दिएका छन ।

उनले भने दैलेखका ११ स्थानीय तह मध्ये चार पालिकामा प्रमुख उपप्रमुख र दुई पालिकामा उप प्रमुखमा विजयीभएको बताउँदै अघिल्लो निर्वाचनमा दैलेखका तीन प्रदेश सभा र दुई प्रतिनिधि सभामा बिजयी भएका थियौँ पुन आगामी निर्वाचनमा पनि पार्टीलाई बिजयी बनाउँन सबै तहका नेता तथा कार्यकर्ता लाग्नुपर्ने छ ।

उनले नेता तथा कार्यकर्ता इमानदार नभएका कारण केही पालिकाको निर्वाचनमा पराजय भोग्नु परेको बताउँदै त्यस्ता क्रियाकलाप नगर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिए ।