स्थानीय शासन प्रणालीमा युवाको सहभागिता जरुरी
दैलेख : स्थानीय सरकारले गाउँको समृद्धिका लागि निति निर्माण र विकासमा युवाहरुलाई प्रथामिकता दिनु पर्ने भएपनि त्यस तर्फ चासो नदिएको युवाहरुले गुनासो गरेका छन । मुलुकको शान्ती विकास र समृद्धिमा युवाहरुको भुमिका महत्वपुर्ण भएपनि स्थानीय सरकारले युवाहरुको सहभागिता बिनै निति निर्माण र विकास गर्ने गरेको भन्दै युवाहरुले गुनासो गरेका हुन । स्थानीय तह देखिनै शासन प्रणालीमा युवाहरुको युवाहरुको सहभागिता ,सहकार्य गराउँने उद्देश्यले राष्ट्रिय युवा परिषद नेपाल र जागृति बाल तथा युवासरोकार नेपालले दैलेख सदरमुकाममा आयोजना गरेको स्थानीय शासन प्रणालीमा युवाहरुको सहभागिता विषयक कार्यक्रममा उनीहरुले गुनासोे गरेका हुन ।
महावु गाउँपालिका – ५ का युवा झलक गिरीले स्थानीय शासन प्रणालीमा युवाहरुलाई सहभागिता गराउँन स्थानीय सरकारनै बेखवर हुने गरेको बताए । उनले राज्यका हरेक निकायमा युवाहरुको सहभागिता अनिवार्य गरेको छ तर स्थानीय सरकारले निर्माण गर्ने ऐन,नियम,कार्यविधिमा पनि युवाहरुको प्रतिनिधित्व नगराउँने प्रबृतिलाई अन्त्य गर्नु पर्ने बताए । उनले भने युवाहरुको सहभागितामा युवामैत्री शासन ब्यबस्था निर्माण गर्ने र युवाहरुलाई स्वदेशमै आत्र्मनिर्भर बनाउँन सबै सरोकारवाल निकाय जिम्मेवार बन्नु पर्छ ।
महावु गाउँपालिका –२ का वडा अध्यक्ष प्रकाश कुमार थापाले स्थानीय सरकार संचालनका लागि युवाहरुको भुमिका महत्वपुर्ण भएपनि युवाहरुनै सकरामत्मक सुझाव भन्दा बढि नकरात्मक कुरामा बढि ध्यान दिने गरेको गुनासो गरेका छन । उनले भने युवाहरुको सहभागिता जरुरी छ त्यही आधारमा निति तथा कार्यक्रम स्थानीय सरकारले निर्माण गर्नु पर्दछ तर युवाहरु आफै सक्रिय नहुने समस्याले गर्दा सहभागिता कम देखिएको छ ।
जागृती बाल तथा युवासरोकार नेपालका अध्यक्ष तिलोत्तम पौड्यालले युवामैत्री स्थानीय शासनको प्रर्बद्धनका लागि सात वटा प्रदेशका सात वटा पालिकाको छनोट गरी सम्बन्धित स्थानीय तहका जनप्रतिनिधि,युवा,कर्मचारीलाई युवाका सवालमा युवामैत्री स्थानीय शासन सम्बन्धि क्षमता अभिबृद्धि कार्यक्रम गरिएको बताए । उनले युवाहरुलाई स्थानीय तहदेखीनै राज्यको शासन प्रणालीमा सहभागिता गराउँने उद्देश्यले उक्त कार्यक्रम गरिएको बताए ।
त्रिभुवन विश्वविद्यालयका उपप्रधापक दिपेश कुमार घिमिरेलेले गाउँपालिकामा युवामैत्री स्थानीय शासनको अवलम्बन,कार्यन्वयन घोषणा र दिगोपना योगदान दिनका लागि युवामैत्री स्थानीय शासन सहयोग समिति निर्माण गरेर युवाहको सहभागिता बृद्धि गर्ने सकिने बताए । उनले युवाहरुलाई निति निर्माणमा जोड्ने र त्यही निति अनुसार आ आफ्नो क्षेत्र बाट योगदान गर्न सकिने बताए ।