Loading... आजः बिहिबार, मंसिर १२, २०८२
Trending

अर्थमन्त्रीको देशविरुद्ध अपराध समितिमा बहुमतले लुकायो : ओली

काठमाडौं  :  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व अर्थमन्त्री जनार्दन शर्मा प्रकरणमा सरकारले सत्य कुरा बाहिर ल्याउन नदिएको आरोप लगाएका छन्। एमाले निकट राष्ट्रिय युवा संघको दोस्रो बैठकलाई सम्बोधन गर्दै उनले छानबिन समितिमा आफ्नै बहुमत सदस्य राखेर सत्य कुरा बाहिर ल्याउन नदिइएको बताएका हुन्।

उनले कमिसन खाएर व्यापारीको एजेन्ट राखेर करका दर तोकिएको पुष्टि भएको दाबी गरे। कल डिटेल दिएपछि सबै कुरा आउने भएपछि छानविन समितिका बहुमत सदस्यले पेलेर अघि बढेको उनको भनाइ छ।
उनले गठबन्धन देशको लागि अभिशाप हो कमिसन खाएर व्यापारीको एजेन्ट राखेर करका दर तोकिन्छ। यो भन्दा लज्जास्पद के हुन्छ छानविनको माग गर्दा किन गर्ने भन्ने सिसिटिभी फुटेज माग्दा किन दिने भन्ने नबुझिने खालको दिने। कल डिटेल माग्दा हेर्न हुँदैन भनेर नदिने। हेर्यो भने त भेटिहाल्छ। आयोगले हेर्न मान्दैन भने त्यो आयोग हुन्छ ।

जसलाई चाहियो उसको अल्पमत सदस्य राखेर छानबिन समिति बनाइएको छ। त्यो बहुमतले गठबन्धनको भनाइ अनुसारको रिपोर्ट दिन्छ। परीक्षण गर्ने प्रहरी माथिल्लो तहको भए एसपी होला,आइजिपीलाई त बोल्नै दिँदैन गठबन्धनले,एसपीले के गर्छ जस्तो रिपोर्टले भन्छ त्यस्तै दिन्छ। फुटेज किन डिलिट गरियो किन दिन्न भनियो, बहुमत राखेर किन समिति बनाइयो, बजेट निर्माण गर्दा बजेट र देशमारा काम भयानक अपराधिक काम भएको पुष्टि भयो।