Loading... आजः बुधबार, मंसिर १२, २०८१
Trending

जथाभावी उम्रेको अवैध गाँजा फडानी गर्दै प्रहरी

दैलेख  :  जिल्ला प्रहरी कार्यालयले जिल्लाका विभिन्न स्थानीय तहका विभिन्न भूभागमा उम्रेको अवैध गाँजा नष्ट गर्ने अभियान सञ्चालन गरेको छ । अभियान अन्तर्गत बिहीबार नारायण नगरपालिका–५ डाडेवारीमा तीन सय गाँजाको बोटहरू नष्ट स्थानीय जनप्रतिनिधि र नागरिकको रोहवरमा नष्ट गरेको जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख(डिएसपी) भुवनेश्वर प्रसाद शाहले बुधवार बाट जिल्लाका ११ स्थानीय तहमा रहेका इलाका प्रहरी चौकी र प्रहरी चौकीको टोली परिचालन गरी अवैध रूपमा उम्रेको गाँजा नष्ट गर्ने अभियान सञ्चालन गरेको बताए । उनले अभियान सञ्चालन गरेकै दिन डुंगेश्वर गाउँपालिका–१ स्थित प्रहरी चौकी चुप्रा र ६ स्थित माथिल्लो डुंगेश्वर प्रहरीले चौकीले सुर्खेत–दैलेख सडक खण्डको दुवै साईटमा उम्रेको अवैध गाँजा नष्ट गरेको बताए ।

उनले भने अवैध रूपमा रहेको गाँजा प्रयोग नहोस् भनेर बुधवार देखि अभियान सञ्चालन गरी जनप्रतिनिधि र स्थानीयको रोहवरमा नष्ट गर्ने कार्य सुरु गरेका छौ । नौमुले, गुराँस, डुंगेश्वर गाउँपालिका लगायतका क्षेत्रमा गाँजा ठुलो मात्रामा आफैँ उम्रने गर्दछ । प्रहरीले गाँजा नष्ट सँगै घरेलु मदिरा नियन्त्रण,विषालु च्याउका विषयमा स्थानीय नागरिकलाई जनचेतना जागाउँने समेत काम गरेको प्रहरीले जनाएको छ ।