द्वन्द्वकालमा विस्थापित शिक्षकलाई पुन नियुक्ति
दैलेख : माओबादीको दश वर्षे जनयुद्धका कारण शिक्षण पेशा बाट बिस्थापीत भएका र नियुक्ति लिन बाँकी रहेका शिक्षकलाई पुर्न नियुक्ति दिएको छ । नेपाल सरकारले विगतमा सशस्त्र द्वन्द्व र आन्दोलनका कारणबाट हटाइएका शिक्षक तथा कर्मचारीलाई पुनः बहाली र क्षतिपूर्ति दिने निर्णय अनुसार दैलेखका जिल्लाका १४ जना शिक्षकलाई पुन नियुक्ति दिइएको हो । जिल्ला शिक्षा तथा समन्वय एकाई दैलेखले जानकारी दिएको छ ।
जिल्ला शिक्षा तथा समन्वय एकाई दैलेखका प्रमुख तेज बहादुर थापाले शिक्षक तथा मानव स्रोत विकास केन्द्रको परिपत्र अनुसार १४ जना शिक्षकलाई पुर्ननियुक्ति प्रदान गरिएको बताए । उनले शिक्षक सेवा आयोग पास गरेको तर नियुक्त बुझ्न नपाएका माध्यामिक तह बिज्ञान शिक्षक कर्ण बहादुर बस्नेत र प्रथामिक तहका शिक्षिक भरत कुमारी शर्मा र केही वर्ष शिक्षण पेशा गरेका र पछि बिस्थापीत भएका शिक्षकहरुलाई नियुक्ति पत्र प्रदान गरिएको जानकारी दिए । उनले भने प्रचलित कानुनबमोजिम सेवा गर्न उमेर बाँकी रहेका स्थायी शिक्षकलाई स्वीकृत दरबन्दीको रिक्त स्थानमा पुर्नवहाली गर्ने गरी जिल्लाका विभिन्न् स्थानीय तहमा पठाइएको छ ।
शिक्ष्क नियुक्त पाएका मध्ये भरत कुमारी शर्मा पुर्ब संबिधान सभा सदस्य भइसक्नुभएको छ भने कर्ण बहादुर बस्नेत,गणेश सलामी माओबादी जिल्लाको पार्टी नेतृत्व गर्दै पार्टी केन्द्रिय सदस्य समेत रहीसकेका छन ।