किशोरीलाई आत्मरक्षा तालीम

दैलेख : भगवतिमाई गाउँपालिकाका १३ वर्ष देखी १८ वर्ष उम्मेर समुहका किशोरीलाई आत्मरक्षा तालीम दिइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को कर्णाली प्रदेशमा सञ्चालन गरेको ‘अधिकार–२’ परियोजनाबाट प्रशिक्षक प्रशिक्षण प्राप्त आत्मरक्षा सहकर्ताले किशोरीहरुलाई आत्मरक्षा सम्बन्धि तालीम गरिएको हो ।
अनुशिक्षणमा यौनजन्य दुव्र्यहार र बलात्कारबाट जोगिन अपनाउनुपर्ने सावधानी, मौखिक प्रतिवाद, कुटनीतिक सम्वाद शैली र कानूनी उपचार चार क्षेत्रको उपयोगिता विषयमा चर्चापछि बदनियतले गरिने शारीरिक स्पर्शदेखि बलात्कार प्रयासको बेला जागिने ११ वटा सीप विषयमा प्रयोगात्मक अभ्यास गराइएकोको प्रशिक्षक सहकर्ताले जानकारी दिएका छन ।
आत्मरक्षा प्रशक्षिक सहजकर्ता सुनिता सुनारले यौनजन्य दुव्र्यहार र बलात्कार प्रयास भएको अवस्थामा जोगिने सीपको अभ्यास लगायतका विषयमा किशोरीलाई अनुशिक्षण गरिएको बताइन । उ उनले किशोरीहरुलाई आफ्नो सुरक्षा आफै गर्न यस्ता खालका तालीम र अनुशिक्षण आवश्यक रहेको समेत बताइन ।
अनुशिक्षण कार्यक्रममा भगवतीमाई गाउँपालिकाका उपाध्यक्ष मीना खड्का थापाले किशोरीका लागि आत्मरक्षा सीप जीवन उपयोगी भएको बताईन । उनले पछिल्लो समय किशोरीहरु जन्मदिने बाबु र दाजुभाईबाट समेत असुरक्षित हुनुपरेको कैयौं घटनाहरुले हरेक किशोरीलाई आत्मरक्षाको ज्ञान दिन पर्ने बताइन ।
उनले भनिन भगवतिमाई गाउँपालिकामा पहिलो पटक किशोरीहरुको सुरक्षा निम्ति आत्मरक्षा अनुशिक्षण भएको बताउँदै इन्सेकसंगको सहकार्यमा गाउँपालिकामा रहेको सबै माध्यामिक विद्यालयमा कार्यक्रम संचालन गर्नु आवश्यक छ ।
ज्वाला मावि बेस्तडाका निमित्त प्रधानाध्यापक रामबहादुर थापाले किशोरीहरुको आत्मरक्षा सीपले उनीहरुको आत्मविश्वास र सुरक्षा अनुभूति गराउने भएकोले यसले शिक्षण सिकाई र बौद्धिक विकासमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
तालीममा सहभागी किशोरीहरुले यौनजन्य क्रियाकलाप बाट बच्न आत्मरक्षा तालीम जरुरी भएको र यस्ता कार्यक्रम निरन्तर हुनु पर्ने माग गरेका छन । उनीहरुको अहिले पनि समाजमा विभिन्न किसिमका हिंसा, दुव्र्यवहार र शोषणबाट पीडित महिला, बालबालिका, ज्येष्ठ नागरिक, दलित, अपाङ्ग लगायतका पिछडिएका समुदायको परको भन्दै त्यस्ता वर्गहरुलाई सुरक्षाका लागि आत्मरक्षा तालीम उपयोगि हुने बताए ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) दैलेखका प्रतिनिधि अम्मर सुनारका अनुसार ८२ जना किशोरीले आत्मरक्षा तालीम लिएका छन ।


