डुबेर एकै घरका दुई बालबालिकाको मृत्यु
दैलेख : दैलेखमा एकै घरका दुई बालबालिकाको पानी ट्याकींमा डुबेर मृत्यु भएको छ । दुल्लु नगरपालिका वडा नं ३ सियाला बखत महतका छोरा १२ वर्षीय दिनेश महत र छोरी ९ वर्षीया अनिता महतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख (डीएसपी) भुवनेश्वर प्रसाद साहले कर्णाली नदिको छेउमा निर्माण गर्न लागिएको कर्णाली कोटछाल लिफ्टिङ सिचाई आयोजनाले निर्माण गरेको ट्याङकीमा डुबेर निधन भएको बताए । उनले मृतक १२ वर्षीय बाल दिनेश महत र नौ वर्षिया छोरी अनिता महतको पोष्टम्यार्टमका लागि दुल्लु अस्पताल दैलेखमा राखिएको जानकारी दिए ।
स्थानीयले भने ट्याङकी निर्माण गर्ने ठेकेदारले लापारबाही गरेको कारण बालबालिकाको मृत्यु भएको आरोप लगाएका छन ।