आन्दोलित गुराँसका करार कर्मचारीहरु धर्नामा
दैलेख : दैलेख गुराँस गाउँपालिकाका करार कर्मचारीले आन्दोलनलाई जारी राखेका छन । करार कर्मचारीहरुको म्याद नथप्ने गाउँपालिकाले निर्णय गरेपछि उनिहरु आन्दोलित भएका हुन । म्याद थप नभएसम्मको लागि अन्दोलन जारी रहने उनिहरुको भनाई छ । करार सेवामा कार्यरत कर्मचारीहरुले सोमबार आज पालिका परिसरमा धर्ना दिएका छन ।
पालिकाले नियुक्त गरेका करार कर्मचारीसहित तत्कालिन जिल्ला विकास समितिबाट नियुक्त भएर गाउँपालिकामा कार्यरत कर्मचारीहरुको समेत म्याद थप नगर्ने निर्णय गाउँपालिकाले गरेको छ । करार कर्मचारी हटाइएको विषयमा अहिले आरोप प्रत्याआरोप चलिरहेको छ । विशेष गरेर सामाजिक सञ्जालमा आरोप प्रत्यारोप चलेको छ ।
आन्दोलनको पहिलो दिन कर्मचारी र प्रहरीबिच झडव समेत भएको थियो । झडवका क्रममा प्रहरीले गोली समेत चलाएको थियो, भने आन्दोलनकारी र प्रहरी दुबै पक्ष केही व्यक्ती घाइते भएका थिए । घटनाको सत्यतथ्य छानबिन गर्न भन्दै दुल्लु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ज्ञानमणी नेपालको संयोजकत्वमा छानबिन समिति गठन गरिएको छ ।