Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

पशुपालन गर्ने ४३ किसान पुरस्कृत

साभार ज्वाला सन्देश

दैलेख  :  जिल्लाका ४३ उत्कृष्ट किसान पुरस्कृत भएका छन् । व्यवसायिक रुपमा कृषि तथा पशुपालन पेसा अँगाल्दै आएका ४२ जना किसान र एउटा सहकारी पुरस्कृत भएका हुन् । पशु अस्पताल तथा पशु सेवा कार्यालय दैलेखले उत्कृष्ट किसानहरुलाई प्रोत्साहन तथा सम्मान गरेको हो ।

पशु सेवा कार्यालयले शुक्रवार उत्कृष्ट कृषक प्रोत्साहन तथा सम्मान कार्यक्रम आयोजना गरि किसानहरुलाई पुरस्कारसहित सम्मान गरेको हो । उक्त कार्यक्रममा प्रतिनीधि सभाका सांसद रविन्द्रराज शर्माले कृषि व्यवसायलाई व्यवसायीकरण गर्नका लागि संघ, प्रदेश र स्थानीय तहले नविनतम् कार्यहरु अघि सारेको बताए । उनले अब कृषि तथा पशुपालन व्यवसायलाई सामुहिकीरण गर्नुपर्नेमा जोड दिए ।

जिल्ला समन्वय समिति दैलेखका प्रमुख नमराज शाहीले व्यवसायिक रुपमा कृषि तथा पशुपालन पेसा अँगाल्दै आएर पुरस्कृत एवं सम्मानित भएका किसानहरुले टोल छिमेकका अन्य घरपरिवारलाई समेत कृषि पेशामा आबद्ध गराउन पहल गर्नुपर्ने बताए ।

पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख भिमबहादुर विस्टले उत्कृष्ट कृषक प्रोत्साहन तथा सम्मान कार्यक्रमका लागि आवेदन पेश गरेका किसानहरुको घर–घरमा पुगेर अनुगमन गरेपछि मापदण्ड पुगेका आधारमा छनौट गरी पुरस्कृत एंव सम्मान गरिएको बताए ।
कार्यालयको वार्षिक कार्यक्रम अन्तरगर्त भैरबी गाउँलिका–७ को उज्यालो साना किसान सहकारी संस्था २० हजार रुपैयाँ नगद पुरस्कारसहित मुख्यमन्त्री उत्कृष्ट पुरस्कारबाट सम्मानित भएको छ ।