सामाजिक परीक्षणको नतिजा सार्वजनिक
दैलेख : नारायण नगरपालिकालेको आर्थिक सहयोगमा आर्थिक वर्ष ०७८/०७९ को अवधिभर प्रवाह गरिएको सेवा तथा सुविधाको प्रभावकारी विषयक वार्षिक सामाजिक परीक्षण पश्चात् नतिजा सार्वजनिक गरिएको छ ।
नारायण नगरपालिकाका विन्ध्यवासिनी,भवानी,त्रिवेणी,बसन्तमाला,नारायण र बेलासपुर स्वास्थ्य चौकीमा गरिएको सामाजिक परीक्षणको नतिजा सार्वजनिक गरिएको हो । सामाजिक परीक्षणकर्ता द्वय युवराज शाही र कमल शर्माले नतिजा सार्वजनिक गरेका हुन ।
सामाजिक परीक्षणकर्ता युवराज शाहीले आर्थिक वर्ष २०७८/०७९ को वार्षिक अवधिभर नारायण नगरपालिका स्वास्थ्य शाखा अन्तर्गतका स्वास्थ्य संस्थाबाट प्रवाह गरिएको सेवा तथा सुबिधाको प्रभावकारिता सुनिश्चित गर्नका लागि स्वास्थ्य सस्थाको वार्षिक सामाजिक परीक्षण कार्यक्रम सहजीकरण तथा अध्ययन गरी पहिचानमा आएका सवाल र विषयहरूको अन्तिम नतिजा एवम् सिफारिस सार्वजनिक गरिएको बताए ।
उनले आफूले सामाजिक परीक्षण गर्नु पूर्व गरिएका अध्ययन अवलोकन,छलफल बाट उठेका सवाललाई जस्ताको तस्तै राखेको बताए । नजिता सार्वजनिक कार्यक्रममा बोल्दै नारायण नगरपालिका नगरप्रमुख लोमन शर्माले सामाजिक परीक्षणका क्रममा आएका सवाललाई सम्बोधन गर्न नगरपालिका तयार रहेको बताए ।
उनले नगरपालिकाले आगामी आर्थिक वर्ष देखी निरन्तर अनुगमन गर्ने र आवश्यकताका आधारमा स्वास्थ्य क्षेत्रमा सुधार गर्ने बताए ।