Loading... आजः बुधबार, मंसिर १२, २०८१
Trending

सूचना अधिकारीले भने सूचना दिन कन्जुस्याइँ गर्दैनौ

दैलेख  :  जिल्लामा रहेका सरकारी कार्यालयका सूचना अधिकारीले सूचनाको हकले दिन नमिल्ने तोकेका सूचना बाहेक अन्य सबै सूचना दिन आफूहरू तयार रहेको बताएका छन् । सूचनाको हक प्रवर्द्धन गर्ने उद्देश्यले दैलेख जिल्लामा रहेका सरकारी कार्यालयका सूचना अधिकारी सँग अन्तरक्रिया कार्यक्रममा बोल्दै अधिकांश सूचना अधिकारीले आफूहरूले सूचना दिने गरेको भए पनि त्यसलाई व्यवस्थित ढङ्ग बाट सूचना उपलब्ध गराउनु आफूहरू प्रतिबद्ध रहेका जनाएका छन् । शुक्रवार मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय कर्णाली प्रदेश सुर्खेतको आयोजनामा गरिएको सूचनाको हक प्रबद्र्धनका लागि अन्तरक्रिया कार्यक्रममा बोल्दै उनीहरूले उक्त कुरा बताएका हुन ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका कानुन सचिव संकर बहादुर केसीले सूचना पाउने आम नागरिकको अधिकारलाई कसैले कुण्ठित पार्न नहुने बताए । उनले सूचना माग्दा सूचना दिने सूचना अधिकारीको दायित्व भएका कारण दिन नमिल्ने सूचना बाहेक अन्य सूचना माग गरे अनुसार उपलब्ध गराउनु पर्ने बताए । उनले सूचनालाई वर्गीकरण गरी राख्ने र सूचना माग भएको खण्डमा दिन सहज हुने गरी अभिलेख राख्न समेत सूचना अधिकारीलाई निर्देशन समेत दिएक छन ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका उप सचिव वीरेन्द्र केसीले सूचनाको हकले दिन नमिल्ने सूचना बाहेक अन्य सूचनाहरू उपलब्ध गराउन सबै सूचना अधिकारी लाग्नु पर्ने बताए । उनले सूचना मागेको व्यक्तिलाई सूचनाको हकको अधिकार प्रयोगका निम्ति पनि सूचना उपलब्ध गराउनु पर्ने बताए । उनले भने सूचना माग गर्दा सूचना दिनुभएन भने त्यसमा केही गडबड रहेको पुष्टि हुन्छ तपाईँहरूले सूचना दिनुभयो भने सबै कुराको समाधान हुन्छ त्यस कारण सूचना मैत्री बन्न सक्नुपर्दछ ।

पहाडी किसानका अनुकूलन आयोजना दैलेखका सूचना अधिकारी लोक बहादुर शाहीले सूचना माग गरेको खण्डमा आफूहरूले उपलब्ध गराउने गरेको बताए । उनले सूचना माग गर्ने चलन विगत भन्दा बढ्दै गएको बताउँदै त्यसले गुड गर्भेमेन्सको नीतिलाई सहयोग गर्ने गरेको बताए ।

पुर्बधार विकास कार्यालयका सूचना अधिकारी मान बहादुर नेपालीले सूचना माग आफूहरूले दिने गरेको भए पनि कहिले काहीँ समय अभावका कारण सूचना उपलब्ध गराउन समय लाग्ने बताए । उनले भने सेवाग्राही आएर कार्यालयमा बसेको समयमा उहाँहरूको काम नगरी सूचना दिन सकिँदैन सूचना माग्नेकर्ताले त्यो बुझिदिनु पर्छ ।
मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका अधिकृत बम बहादुर नेपालीले सूचनाको हकको इतिहास,नेपालमा यसको प्रयोग,महत्त्व लगायतका विषयमा सूचना अधिकारीलाई जानकारी गराएका थिए ।