Loading... आजः बुधबार, मंसिर १२, २०८१
Trending

कोभिड प्रभावितलाई राहत

दैलेख  :  कोरोना महामारीका कारण रोजगारी गुमाएका अति विपन्न,एकल महिला,घरेलुहिसा पीडित,अपाङ्गता भएका व्यक्तिलाई राहत वितरण गरिएको छ । कोभिड १९ को सन्दर्भमा सामुदायिक सुरक्षा जालो र नारीवादी आन्दोलनको सुदृढीकरण अन्तर्गत व्यापक राहत वितरण कार्यक्रम अनुसार राहत वितरण गरिएको हो ।

युएन विमन,टेवा र महिला सशक्तीकरण मञ्च नेपालको साझेदारीमा सञ्चालित कोभिड १९ को सन्दर्भमा सामुदायिक सुरक्षा जालो र नारी वादी आन्दोलनको सुदृढीकरण अन्तर्गत व्यापक राहत वितरण गरेको महिला शसक्तिकरण मञ्च नेपालले जानकारी दिएको छ ।

महिला सशक्तीकरण मञ्च नेपालका अध्यक्ष सुनिता चन्दले गुराँस गाउँपालिका १देखि ८ सम्मका २३ जना अति विपन्न,एकल महिला,घरेलुहिसा पीडित,अपाङ्गता राहत सामाग्री वितरण गरेको जानकारी दिइन । उनले खाद्यान्न सामाग्री अन्तर्गत चामल दाल नुन तेल साबुन सरफ चिउरा चिनी र ग्याँस चुला, स्वास्थ्य सामाग्री, तरकारीको बिउँ र मोबाइल समेत वितरण गरिएको बताइन । उनले वडा कार्यालयको सिफारिसमा उनीहरूलाई सामाग्री वितरण गरेको बताइन ।

राहत कार्यक्रममा बोल्दै गुराँस गाउँपालिकाकी उपाध्यक्ष शिवा खड्काले कोरोना कारण रोजगारी अति विपन्न,एकल महिला,घरेलुहिसा पीडित,अपाङ्गता भएका व्यक्तिलाई खाद्य सामाग्री र अन्य स्वास्थ्य सामाग्री र तरकारी बिउँ वितरण गरेको भन्दै सहयोगी संस्थालाई धन्यवाद दिइन ।