Loading... आजः बिहिबार, बैशाख ३, २०८३
Trending

सहमतीको मसि सुक्न नपाउँदै कांग्रेस उपसभापति नै बने बागी उम्मेदवार

 

दैलेख :   सोमवार सत्ता गठबन्धनका दलहरुले गरेको निर्णको मसि सुक्न नपाउँदै जिल्ला समन्वय समिति प्रमुखका लागि नेपाली कांग्रेसका जिल्ला उपसभापति नमराज शाहीले बागी उम्मेदवारी दर्ता गराएका छन् ।

११ पालिका रहेको दैलेखमा सत्तारुढ गठबन्धनबाट कांग्रेसले समन्वय प्रमुख र नेकपा माओबादी केन्द्रले उप प्रमुख र अन्य सदस्यमा भने दलहरुले भागबण्डा गरेर नेतृत्व चयन गर्ने भने पनि नेपाली काँग्रेसका उप सभापति तथा अनुशासन समितिका संयोजकले बागी उम्मेदवारी दिएपछि गठबन्धन दलमा भने तरग पैदा भएको छ ।

 

जिल्ला समन्वय समितिको प्रमुखका लागि सहमती अनुसार कांग्रेसले आधिकारिक उम्मेदवारको रूपमा नेपाल महिला संघ दैलेखकी सचिव दुर्गा श्रेष्ठलाई मनोनयन दर्ता गर्न पठाएको थियो । नेकपा एमालेले गठबन्धन दल एकातिर भएका कारण समन्वय प्रमुखमा उम्मेदवारी भने दिएको छैन । एमालेले उम्मेदवारी नदिएसँगै कांग्रेसका बागी उम्मेदवार नमराज शाहीले उम्मेदवारी दिएका हुन ।

११ पालिकाका २२ मतदातामध्ये नेकपा एमालेसँग १० मत रहेको छ । यस्तै, नेकपा माओवादीसँग दुई मत र समाजवादी एक रहेको छ भने कांग्रेससँग पनि ९ मत रहेको छ ।

नेपाली काँग्रेस बाट जिल्ला समन्वय प्रमुखका उम्मेदवार दुर्गा श्रेष्ठले स्वतन्त्र उम्मेदवारी दिएका नमराज शाहीको उम्मेदारी उपर उजुरी गरेको भएपनि समयमै उजुरी नआएको भन्दै मुख्य निर्वाचन अधिकृतले उजुरी दरपीठ गरे संगै निर्वाचन रोचक हुने भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुसार जिससको निर्वाचन जेठ २६ गते हुने भएको हो ।