Loading... आजः शुक्रबार, मंसिर १३, २०८२
Trending

पाँच पालिकामा एकल बहुमत, छ पालिका अल्पमतमा

..
फाइल फोटा

दैलेख :  बुधवार दुल्लु नगरपालिका र नारायण नगरपालिकाको कार्यापालिका सदस्यको निर्वाचन सम्पन्न भए संगै दैलेखका ११ स्थानीय सरकारको मत परिणाम सार्वजनिक भएको छ । स्थानीय सरकार संचालन ऐन २०७४ ले नगरपालिका र गाउँपालिकामा निर्णय गर्दा बहुमतले पारित गर्नु पर्ने प्रावधानले दैलेखका पाँच पालिकामा एकल बहुमत रहेको छ भने छ स्थानीय सरकार अल्पमतमा परेका छन ।

११ स्थानीय सरकार मध्ये नेपाली काँग्रेसले जितेको पाँच स्थानीय तहमा काँग्रेसको स्पष्टबहुमत देखिदैन । दुई वडा सहित गाउँपालिका अध्यक्ष र उपाध्यक्ष काँग्रेसले जितेको भैरवी गाउँपालिकामा एमालेको प्रष्ट बहुमत देखिएको छ । १५ सदस्यीय गाउँकार्यपालिकामा एमालेका ११,नेपाली काँग्रेस चार जना सदस्य रहेका छन । २०७४ सालको स्थानीय निर्वाचनमा भैरवी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष र तीन वडा अध्यक्ष जितेको थियो । त्यती बेला काँग्रेस बहुमतमा भएका कारण गाउँ सभामा अध्यक्षले लगेका प्रस्ताव पारित हुन सकेन ।

नौमुले गाउँपालिकाको अध्यक्षमा मात्र जितेको नेकपा माओबादी केन्द्रको गाउँकार्यपालिकामा बहुमत छैन । १६ सदस्यीय कार्यपालिका नेपाली काँग्रेस र नेकपमा एमालेले चार, एकिकृत समाजबादी पार्टीका तीन जना र माओबादी केन्द्रका एक जना मात्र रहेका छन ।

२०७४ सालको स्थानीय निर्वाचनमा भने नेपाली काँग्रेसले गाउँपालिका अध्यक्ष उपाध्यक्ष र पाँच वडा जित्दै स्पष्ट बुहमत प्राप्त गरेको थियो । नेकपा माओबादी केन्द्रले अध्यक्षमा जितेको भगवतिमाई गाउँपालिकामा नेपाली काँग्रेसको स्पष्ट बहुमत पुगेको छ । १५ सदस्यीय गाउँ सभामा नेपाली काँग्रेसका ११,एकिकृत समाजबादीका तीन र नेकपा माओबादी केन्द्रका एक जना रहेका छन ।

नेपाली काँग्रेसले नगर प्रमुख र उप प्रमुख जितेको चामुण्डाबिन्द्रासैनी नगरपालिकामा नगरकार्यपालिकामा काँग्रेसको स्पष्ट बुहमत छैन । कार्यपालिका सदस्यको निर्वाचनमा नेपाल मजदुर किसान पार्टी संग गठबन्धन गरेको थियो । १९ सदस्यीय कार्यपालिका रहेको चामुण्डाबिन्द्रासैनी नगरपालिकामा नेपाली काँग्रेसका नौ नेपाल मजदुर किसान पार्टीका छ जना र नेकपा एमालेका चार जना सदस्य रहेका छन ।
महावु गाउँपालिकामा अध्यक्ष र उपाध्यक्ष जितेको नेपाली काँग्रेसको स्पष्ट बहुमत रहेको छ । १४ सदस्यीय गाउँसभामा ११ जना नेपाली काँग्रेस दुई जना माओबादी केन्द्र र एक जना नेकपा एमालेका सदस्य रहेका छन । अघिल्लो निर्वाचनमा नेकपा एमालेको एकल बहुमत रहेको थियो ।

ठाटिकाँध गाउँपालिका जितेको नेपाली काँग्रेसको कार्यपालिकामा स्पष्ट बहुमत रहेको छ । १४ सदस्यीय कार्यपालिकामा सदस्यमा ९ जना नेपाली काँग्रेस तीन जना नेकपा एमाले र माओबादी केन्द्रका दुई जना सदस्य रहेका छन ।

नेकपा एमालेले प्रमुख र उप प्रमुख जितेको पालिकामा भने नेकपा एमालेको एकल बहुमत पुगेको छ । नारायण नगरपालिकाको नगर प्रमुख उप प्रमुख र सात वडा जितेको नेकपा एमालेको स्पष्ट बुहमत रहेको छ ।

नेपाली काँग्रेसले भने चार वडा जितेको छ । २१ सदस्यीय नगरकार्यपालिकामा नेकपा एमाले १७ जना नेपाली काँग्रेसका चार जना सदस्य रहेका छन ।
आठबिस नगरपालिकामा नेकपा एमालेको स्पष्ट बहुमत पुगेको छ । अघिल्लो निर्वाचनमा नगर प्रमुख र केही वडा जितेको थियो । उप प्रमुख र केही वडा नेपाली काँग्रेस र केही वडा नेपालमजदुर किसान पाटीले जितेको थियो । नेमकिपा जता ढल्कीयो त्यसको बहुमत पुग्ने समस्याले कार्यपालिकाको बैठकमा समेत समस्या हुने गरेको थियो । १९ सदस्यीय नगर सभामा नेकपा एमालेको १५ र नेपाली काँग्रेसका चार जना सदस्य रहेका छन ।

अध्यक्ष र उपाध्यक्ष जितेको गुराँसमा नेकपा एमालेको स्पष्ट बहुमत रहेको छ । १६ सदस्यीय गाउँ सभा सदस्य मध्ये १४ जना नेकपा एमाले र दुई जना नेपाली काँग्रेसका सदस्य रहेका छन । त्यस्तै डुगेश्वर गाउँपालिकामा अघिल्लो निर्वाचनमा नेपाली काँग्रेसको एकल बहुमत रहेकोमा यो पटक नेकपा एमालेले एकल बुहमत सहित जितेको छ ।

१४ सदस्यीय गाउँ सभा सदस्यमा अध्यक्ष उपाध्यक्ष सहित नेकपा एमालेका १२ जना नेपाली काँग्रेसका एक जना र माओबादी केन्द्रका एक जना सदस्य रहेका छन । दुल्लु नगरपालिकाको नगर प्रमुख जितेको नेपाली काँग्रेस संग पनि बहुमत छैन । २३ सदस्य नगर सभा सदस्यमा नेकपा एमाले सात जना,नेपाली काँग्रेस र माओबादी केन्द्र बाट १६ जना रहेका छन ।