Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

कार्यपालिका र जिसस पनि गठबन्धन गर्ने गठबन्धनको निर्णय


काठमाडौं  :  सत्ता गठबन्धनले स्थानीय तह निर्वाचनअन्तर्गत कार्यपालिका र जिल्ला समन्वय समितिमा पनि सहमति गरेर जाने निर्णय गरेको छ। सोमबार अपराह्न बालुवाटारमा बसेको पाँच दलीय गठबन्धनका शीर्ष नेताहरुको बैठकले स्थानीय निर्वाचनको समीक्षा गरेको थियो।

समीक्षामा तालमेल भएका ठाउँको नतिजा सन्तोषजनक रहेको र केही ठाउँमा कमजोरी भएको निष्कर्ष निकालेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए।

उनकाअनुसार आगामी स्थानीय तह कार्यपालिकाको निर्वाचन र जिल्ला समन्वय समितिको निर्वाचनमा गठबन्धन सम्बद्ध पार्टीहरुबीच सहमति कायम गरि अगाडि बढ्न गठबन्धन सम्बद्ध दलका प्रदेश र जिल्ला स्तरका समितिलाई निर्देशन गर्ने निर्णय बैठकले गरेको छ।