बजेटको आकार १७ खर्ब ९३ अर्ब ८३ करोड
काठमाडौं : सरकारले आगामी आर्थिक वर्षका लागि करिब १८ खर्बको बजेट विनियोजन गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदमा १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट प्रस्तुत गरेका छन्।
बजेटमध्ये चालूतर्फ ७ खर्ब ५३ अर्ब ४० करोड तथा अर्थात् ४२ प्रतिशत र पुँजीगततर्फ ३ खर्ब ८० अर्ब ३८ करोड अर्थात् २१ दशमलव २ प्रतिशत, वित्तीय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब २२ करोड अर्थात् १२ दशमलव ८ प्रतिशत र प्रदेश र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ खर्ब २९ अर्ब ८३ करोड अर्थात् २४ प्रतिशत रहेको अर्थमन्त्री शर्माले बताए।
बजेटको स्रोतमध्ये राजस्वबाट १२ खर्ब ४० अर्ब ११ करोड, वैदेशिक अनुदान ५५ अर्ब ४६ करोड, विदेशी ऋण २ खर्ब ४२ अर्ब २६ करोड, २ खर्ब ५६ अर्ब आन्तरिक ऋणबाट व्यहोर्ने अर्थमन्त्री शर्माले बताएका छन ।
बजेटको पुर्ण पाठ