पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ पुग्यो
काठमाडौं : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ।शनिबार राति १२ बजेदेखि लागु हुनेगरी निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १० रुपैयाँ वृद्धि गरेको हो।
मूल्यवृद्धिपछि पेट्रोल प्रतिलिटर १७० रुपैयाँ पुगेको छ। डिजेल र मट्टितेल प्रतिलिटर १५३ रुपैयाँ पुगेको छ। एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् छ।