घरदैलो गर्न व्यस्त उम्मेदवार
दैलेख : आसन्न स्थानीय तहको निर्वाचनका लागि जिल्लामा रहेका सबै राजनैतिक दल आफ्नो प्रतिबद्धता सार्वजनिक गर्दै मत माग्न घरदैलो कार्यक्रमलाई तीव्रता दिएका छन् । ११ स्थानीय रहेको दैलेखमा केही स्थानीय तहमा गठबन्धन बाट उम्मेदवार बनेका र एकल प्रतिस्पर्धामा रहेका राजनैतिक दलहरू अहिले जनताको दैलोमा पुगेर मत माग्न व्यस्त भएका छन् । नेपाली काँग्रेस र एकीकृत समाजवादी पार्टीको गठबन्धन रहेको नारायण नगरपालिकामा संयुक्त घरदैलो कार्यक्रम सुरु गरेको छ भने नेकपा एमालेले त्यसलाई पछाउँदै एक्लै मत माग्न घरदैलो गरिरहेको छ । मतदातालाई भेट्न उम्मेदवार खेत, बारी र धारामा पुग्ने गरेको देखिन्छ ।
उम्मेदवार घर–घर र बस्ती बस्तीमा पुगेर र मतदाता भेट्ने र भोट माग्ने गरिरहेका छन् ्। स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारीले समेत आफ्नो चुनाव चिह्न लिएर मत माग्न व्यस्त देखिएका छन् ।–११ वडा रहेको नारायण नगरपालिकाकामा दलहरूले चुनावी सभा सम्पन्न गरे पछि घरदैलोलाई प्राथमिकता दिएर हिँड्ने गरेका छन् । नेकपा एमाले दैलेखका पार्टी कार्यालय सचिव यामनारायण उपाध्यायले प्रत्येक वडामा चुनावी सभा सम्पन्न गरिसकेको बताउँदै अहिले उम्मेदवार मात्र टोल टोलमा जाने काम भइरहेको बताए । उनले अन्तिम चुनावी सभा नारायण –२ मा शनिवार सम्पन्न हुने र त्यसपछि घरदैलो कार्यक्रम जारी राख्ने बताए ।
नेपाली काँग्रेसका नगर सभापति मनोज कुमार थापाले प्रत्येक वडामा चुनावी सभा गरिसकेको बताउँदै घर दैलो कार्यक्रम चलिरहेको बताए । उहाँले पायक पर्ने वडामा दुई वटै वडामा एकै पटक कार्यक्रम गरेको बताउँदै अव ११ वडाका घरमा उम्मेदवार पुग्ने र घरदैलो कार्यक्रम गर्ने बताए ।
नौमुले गाउँपालिकामा माओवादी केन्द्र र समाजवादी पार्टीको गठबन्धन बाट अध्यक्षका उम्मेदवार बन्नुभएका छवि सुबेदीले गाउँपालिकाका आठ वटै वडामा चुनावी सभा सम्पन्न गरेको बताउँदै घरदैलो कार्यक्रम गरिरहेको बताए । उनले मतदातालाई भेट्न लाई घरदैलोमा जाने क्रममा निर्वाचन सम्म निरन्तर हुन्छ । जिल्ला अन्य पालिकामा उम्मेदवारले पनि चुनावी सभा सम्पन्न गरेर घरदैलोमा व्यस्त भएका छन् ।
भैरवी गाउँपालिकामा एमाले बाट अध्यक्षका उम्मेदवार बनेका सर्बराज महाताराले चुनावी सभा सम्पन्न भए पनि घरदैलो भेटघाट निरन्तर रहेको बताए । उनले घरदैलोमा जाँदा आफूले निर्वाचित भएपछि गर्ने काम र आफ्नो घोषणा पत्र कार्यान्वयन गर्ने जनताका बिचमा तमसुक समेत गरेको बताए । उनले भने घरदैलोमा जाँदा जनताले घोषणा पत्र ल्याउने र घोषणा पत्र अनुसार काम नभएको भन्दै
घोषणा पत्र कार्यान्वयन गर्नका लागि तमसुक गरौँ भनेपछि तमसुक समेत गरिएको बताए ।