मतदान अधिकृतलाई प्रशिक्षण तालीम
दैलेख : स्थानीय तहको निर्वाचनमा खटिने मतदान अधिकार र सहायक मतदान अधिकृतलाई निर्वाचन सम्बन्धी एक दिने प्रशिक्षण तालीम दिइएको छ । जिल्ला निर्वाचन कार्यालयले स्थानीय निर्वाचन(जनशक्ति व्यवस्थापन निर्देशिका २०७८ बमोजिम निर्वाचन खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई निर्वाचन सम्बन्धी प्रशिक्षण तालीम दिएको हो ।
जिल्ला निर्वाचन कार्यालय दैलेखका प्रमुख मनमाया काउँचाले निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई दुई समुहमा विभाजन गरी दुई दिन प्रशिक्षण गर्न लागेको जानकारी दिइन । उनले नारायण क्याम्पसमा रामपुरमा पहिलो दिन दुल्लु नगरपालिका,आठबिस नगरपालिका,चामुण्डाबिन्द्रासैनी नगरपालिका,भैरवी गाउँपालिका,ठाटिकाँध गाउँपालिकामा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई अभिमुखीकरण गरिएको बताइन । उनले भनिन दोस्रो दिन नारायण नगरपालिका, भगवतिमाई गाउँपालिका, नौमुले गाउँपालिका,महावु गाउँपालिका,गुराँस गाउँपालिका र डुगेश्वर गाउँपालिकामा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई आइतबार प्रशिक्षण गर्ने कार्यक्रम रहेको छ ।
मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई अभिमुखीकरण कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले निर्वाचनलाई स्वच्छ मर्यादित बनाउन प्रमुख भूमिका मतदान अधिकृतको हुने भन्दै मतदान अधिकृतले आफ्नो जिम्मेवारी कुशलता पूर्वक सम्पन्न गर्नु पर्ने बताए ।
उनले स्थानीय स्तरमा रहेका राजनैतिक दल, नागरिक समाज सबैलाई एक ढिक्का बनाएर लिने र निर्वाचन सफल पर्नु पर्ने बताए ।
जिल्ला सरकारी वकिल कार्यालयका जिल्ला न्याधिवत्ता हरि प्रसाद घिमिरेले मतदान अधिकृतहरूलाई कानुनी विषयमा जानकारी गराउँदै कानुन भन्दा बाहिर गएर कुनै पनि काम नगर्न आग्रह गरे ।उनले भने व्यवहारिकता मिलाउने नाममा तपाईँले काम गर्नुभयो भने त्यसले जटिलता सिर्जना गर्दछ ।
मतदान अधिकृतलाई मुख्य निर्वाचन अधिकृत दण्डपाणि लामिछाने,प्रमुख जिल्ला अधिकारी हरिबहादुर प्याकुरेल,प्रहरी प्रमुख भुवनेश्वर प्रसाद साह,निर्वाचन अधिकारी मनमाया काउँचा लगायतले तालीमको सहजीकरण गर्नुभएको थियो ।
जिल्लामा एक सय ३६ मतदान स्थल र २०७ मतदान केन्द्र रहेका छन् । जसमा एक हजार ३१ जना कर्मचारी परिचालन हुनेछन् । मतदान अधिकृतलाई प्रशिक्षण गरि सकेपश्चात मतपत्र र अन्य सामाग्री दिएर मतदानकेन्द्रमा पठाईने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।