Loading... आजः सोमवार, माघ २०, २०८२
Trending

महासचिव विप्लव पार्टीबाट निष्कासित

काठमाडौँ  :  नेकपाको एक समूहले नेत्रविक्रम चन्द ‘विप्लव’लाई पार्टीबाट निष्कासन गरेको छ। बुधबार चितवनको टाँडीमा बसेको धर्मेन्द्र बास्तोला पक्षको भेलाले विप्लवलाई कारबाही गरेर पार्टीको नेतृत्वबाट हटाउने निर्णय गरेको हो।

पार्टी हितविपरीत काम गरेको भन्दै केही दिनअघि विप्लवले नेताहरू धर्मेन्द्र वास्तोला र हेमन्तप्रकाश वलीलाई निष्कासन गरेका थिए। त्यसको प्रतिक्रिया स्वतरुप बास्तोला वली समूहले विप्वलाई नै कारबाही गरेको हो। उक्त समूहले खड्गबहादुर विश्वकर्मालाई प्रवक्ताको जिम्मेवारीबाट हटाएको छ। भेलाले भेलाले धमेन्द्र बास्तोलालाई पार्टीको संयोजक बनाएको छ।

स्थानीय तहको चुनावमा भाग लिने विषयले नेकपामा मतभेद हुँदै आएको थियो। विप्लव पक्षका केही कार्यकर्ताले ठाउँ ठाउँमा स्वतन्त्र उम्मेदवारी दिएका छन्।