Loading... आजः बुधबार, मंसिर १२, २०८१
Trending

अपरिचित फोनले ३५ वटा उडान रोकिए

काठमाडौँ  :  त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा बुधबार बिहान आएको अपरिचित फोनले ३५ वटा उडान रोकेको छ । पहिला पाकीस्तानी भाषामा कुरा गरेको उसले नेपालीमा बोल्दै ‘विमानस्थल वरिपरि ७ वटा बम राखेको छु। २ घण्टा भित्रमा विस्फोट हुन्छ भनेपछि बिमानस्थल एक घण्टा बढि अस्तव्यस्त भएको थियो ।

बम फेला परेको खबर प्राप्त भएसँगै विमानस्थल प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जनपथ प्रहरी सहितको टोलीले बम डिस्पोजल टोली ल्याएर आन्तरिक उडान क्षेत्रको सम्पूर्ण क्षेत्रमा बम खोजिएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताए। उनले विमानस्थलका सबै स्थान साथै शौचालयसम्म पनि खोजियो केही नभेटिएको बताए । विमानस्थलमा बम नभेटिएपछि ११ बजेबाट उडान सुरु गरिएको उनी बताउँछन्।

विमानस्थलमा बम छ भन्दै फोन आएसँगै विमानस्थलको सुरक्षामा समेत प्रश्न उठेको छ। फोन गर्ने व्यक्तिबारे खोजी भइरहेको विमानस्थल प्रहरी प्रमुख एसएसपी भिम प्रसाद ढकालले बताएका छन्।