Loading... आजः शुक्रबार, मंसिर १४, २०८१
Trending

निर्वाचन आचारसंहिता पालना गर्ने दलहरूको प्रतिबद्धता

दैलेख  :  आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई स्वच्छ,निष्पक्ष,भए रहित वातावरणमा सम्पन्न गर्न जिल्लाका राजनैतिक दलले निर्वाचन आचार सहित अक्षरशः पालना गर्ने प्रतिबद्धता गरेका छन् । जिल्ला सुरक्षा समितिका संयोजक एव प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलको अध्यक्षमा बसेको बैठकले १५ वटा निर्णय समेत गरेको छ । जिल्ला प्रशासन कार्यालय दैलेखका सूचना अधिकारी गणेश प्रसाद कोइरालाले आसन्न निर्वाचनलाई स्वच्छ ,निष्पक्ष र भएर रहित वातावरणमा सम्पन्न गर्ने र आचार सहितलाई अक्षरशः पालना गर्न १५ वटा निर्णय गरेको बताए ।

उनले आसन्न स्थानीय तहको निर्वाचनलाई स्वच्छ,निष्पक्ष र भए रहित वातावरणमा सम्पन्न गर्न राजनैतिक दल,तीनका उम्मेदवारले निर्वाचन आचारसंहिता अक्षरशः पालना गर्ने र आचारसंहिता पालना गर्ने सरोकारवाला निकाय सँग समन्वय गर्ने,जिल्ला स्थित राजनैतिक दलहरूले निर्वाचन बिथोल्ने गतिविधिहरू र निर्वाचन सुरक्षा व्यवस्थामा चुनौती सृजना गर्ने,धाँधली गर्ने रमादकपद्धार्थ लगायतका क्रियाकलाप हुन नदिने,निर्वाचनमा राजनैतिक दलका शिक्षक, निजामती कर्मचारी सङ्गठनमा लागेका कर्मचारीहरू समेत निर्वाचनमा आफ्नो पार्टीका उम्मेदवार जिताउन लाग्ने गुनासो आउने गरेको हुँदा त्यसलाई निषेध गर्ने निर्णय भएको बताए ।
उनले भने राजनैतिक पार्टीका भातृ सङ्गठनले अफवाह फैलाउन नदिने ,सरकारी सवारी साधन प्रयोग नगर्ने,उम्मेदवारले आचारसंहिता भन्दा बाहिर गएर आर्थिक सायता बाँड्न नहुने,निर्वाचनको अवधिमा समेत विकास निर्माणका कामलाई निरन्तरता दिने,गाउँपालिका तथा नगरपालिकामा इजाजत प्राप्त हात हतियारहरू प्रहरीलाई बुझाउने,पत्रकार पर्यवेक्षकले निर्वाचन आचारसहितको पूर्ण पालना गर्ने,निर्वाचन आचारसंहिता पालना भएको नभएको विषयमा पत्रकार महासघको संयोजकत्वमा इन्सेक,नेपाल वारएसोसियसन लगायत सरोकारवाला निकायलाई समेटेर समिति निर्माण गर्ने, मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना भएपछि सूचना अधिकारी तोक्ने लगायतका निर्णय भएको छ ।
जिल्ला निर्वाचन कार्यालय दैलेखका प्रमुख मनमाया काउचाले मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायधिस दण्ड वाणी लामिछानेले पनि जिल्लामा रहेका राजनैतिक दल सँग समन्वय गरी आचारसंहिता कार्यान्वयन सम्बन्धी छल राख्न लागेको बताइन ।