Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

तीनदिने भ्रमण सकेर प्रधानमन्त्री देउवा स्वदेश फिर्ता


काठमाडौँ  :  प्रधानमन्त्री शेरबहादुर देउवा आइतबार राति स्वदेश फर्किएका छन्। भारतको तीनदिने औपचारिक भ्रमण पूरा गरी उनी आइतबार राति काठमाडौँ आइपुगेका हुन्।

प्रधानमन्त्री देउवा आइतबार बनारस पुगेका थिए। उनलाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले बनारसमा स्वागत गरेका थिए।
भारत भ्रमणका वेला चारबुँदे सम्झौतामा हस्ताक्षर गरिएको छ।

नेपाल भारतबीच नेपाल र भारतबीच अन्तरराष्ट्रिय सोलार एलाइन्स, रेल्वेसबन्धी प्राविधिक सहयोग, पेट्रोलियम पदार्थ आपूर्ति र नेपाल आयल निगम र भारतीय आयल कर्पोरेशनबीच प्रविधिक विज्ञता आदानप्रदानसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो।

शनिबार प्रधानमन्त्री देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीले नयाँ दिल्लीबाट भर्चुअल माध्यममार्फत नेपाल रेल सेवाको संयुक्तरूपमा उद्घाटन गरेका थिए।

दुई प्रधानमन्त्रीले भारतीय सहयोगमा निर्मित नेपालको कुर्थादेखि भारतको जयनगरसम्मको ३५ किलोमिटर लामो सीमापार रेल लिंक उद्घाटन गरेका हुन्।

नयाँदिल्लीस्थित हैदरावाद हाउसमा प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीबीच ‘वन टू वन’ वार्ता भएको थिए। दुई देशबीच सम्बन्ध सुदृढ गर्नेबारे छलफल भएको थियो।