Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

राउटे समुदायले सारे बस्ती

दैलेख  :  फिरन्ते जीवनयापन गर्दै आएका लोपोन्मुख राउटे समुदाय बस्ती सरेका छन् । सुर्खेतको सिम्ता गाउँपालिका–३ बाखर्कमा बसोबास गर्दै आएका राउटे समुदाय जाजरकोट तर्फ बस्ती सरेका हुन् । एईआइएन लक्जेम्बर्गको आर्थिक सहयोगमा सामाजिक सेवा केन्द्र ९सोसेक० नेपालद्धारा सञ्चालित राउटे परियोजनामा खटिएका जोडी शिक्षक लालबहादुर खत्रीका अनुसार उनिहरु जाजरकोटको शिवालय गाउँपलिका–१ मर्क बजार नजिकै बस्ती सरेका छन् ।

राउटे समुदाय सुर्खेतको सिम्ता गाउँपालिकामा झण्डै पाँच महिना बसोबास गरेका छन् । हाल जाजरकोटको शिवालय गाउँपालिकामा बसाई सर्दा सामान ओसार्न सिम्ता गाउँपालिकाले टिप्पर उपलब्ध गराएको थियो ।

समुदायमा सञ्चालित राउटे परियोजनाले राउटे समुदायमा स्वास्थ्य, अनौपचारिक शिक्षा, खाद्य अधिकार र सरसफाईका लागि विभिन्न क्रियाकलाप सञ्चालन गरिरहेको छ । राउटे समुदायका नागरिकहरुको अधिकारकार सवालमा परियोजनाले निरन्तर पैरबी गरिरहेको छ । परियोजनामार्फत जोडि शिक्षक, एक जना स्वास्थ्यकर्मी ९अहेव० खटाईएको छ । परियोजनाले महिलाहरुको स्वास्थ्यलाई ध्यानमा राख्दै एक जना अनमी समेत बस्तीमा खटाएको छ ।

मुख्यतया कर्णालीको दैलेख, सुर्खेत, सल्यान, जाजरकोट जिल्लाको जंगलहरुमा फिरन्ते जीवनयापन गर्दै आएको राउटे जातीमा रास्कोटी, कल्याल र सोमबंशी गरी तीन थर रहेको छन् ।