वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण
दैलेख : अन्तर्राष्ट्रिय रूपमा मनाउँदै आएको ग्लोबल मनि बिक २०२२को अवसर पारेर वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण गरिएको छ । एनएमबि बैक शाखा कार्यालय दैलेखको आयोजनामा नारायण नगरपालिका–३ खुर्सानीवारिका स्थानीय नागरिकलाई वित्तीय साक्षरता सम्बन्धी जानकारी गराइएको हो ।
एनमएबि बैक दैलेख शाखाका शाखा प्रबन्धक विजयराज जोशीले वित्तीय साक्षरता के को लागि ,जीवनमा यसको महत्त्व र आवश्यकता,डिजिटल बैङ्किङ,भिडियो कल मार्फत खाता खोल्न सकिने विषयमा नागरिकलाई अभिमुखीकरण गरेका थिए । उनले बचत गर्नुको महत्त्व,तरिका, योजना,बचत गर्दा बुझ्नु पर्ने कुराहरू,ऋण लिनु भन्दा अगाडी बिचार गर्नु पर्ने कुराहरू,ऋण लिने कारणहरू,समयमै ऋण तिर्न नसक्नुका कारणहरू, ऋणको सही व्यवस्थापन,वित्तीय संस्थामा ग्राहकहरूको अधिकार र जिम्मेवारीका विषयमा जानकारी दिएका थिए । उनले एनएमबि बैक २०१७,२०१८,२०१९ र ,२०२१ मा बैक अफ द इयर नेपाल भएको र २०२१ मै नेपालमा रहेका बैङ्कहरू मध्ये बाट पहिलो पटक २०२१ मा बैङ्क अफ द इयर एसियाको उपाधि चुम्न सफल भएको बताए ।
बित्तिय साक्षरता अभिमुखिकरण कार्यक्रममा सहभागी नागरिकले पहिलो पटक समुदाय स्तरमा बैक तथा बैक बाट प्रदान गर्ने सेवा विषयमा जानकारी पाउँदा आफुहरु खुसी भएको बताएका छन ।