Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

थप ३२ जनामा सङ्क्रमण पुष्टि

काठमाडौं :  पछिल्लो २४ घण्टामा ३२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तीन हजार ८८१ जनाको पीसीआर परीक्षण गर्दा ३२ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

त्यसैगरी, १३ सय ८७ जनाको एन्टिजेन परीक्षण गर्दा तीन जनामा सङ्क्रमण देखिएको छ । पीसीआर र एन्टिजेन गरेर पाँच हजार २६८ जनाको परीक्षण गर्दा कुल ३५ जनामा सङ्क्रमण देखिएको छ ।

२४ घण्टामा २६६ जना सङ्क्रमण मुक्त भएका छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा कुनै पनि सङ्क्रमितको मृत्यु नभएको मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५१ पुगेको छ ।

अहिले देशभर २२ हजार १९ जना सक्रिय सङ्क्रमित छन् । २४ घण्टामा ८३ हजार २५३ जनाले कोरोनाविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।