Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

बन्द यातायात सहमतिपछि सञ्चालनमा आए

सुर्खेत  :  जिल्ला प्रशासन कार्यालय सुर्खेत र यातायात व्यावसायीबीच सहमति भएपछि सुर्खेतमा गरिएको अनिश्चितकालिन यातायात बन्द फिर्ता लगिएको छ ।
व्यावसायीले बुधबार बिहानदेखि गरेको अनिश्चितकालिन यातायात बन्द फिर्ता लगेका हुन् । स्थानीय यातायात व्यावसायी र प्रमुख जिल्ला अधिकारी खगेन्दप्रसाद रिजालबीच भएको छलफलपछि यातायात बन्द फिर्ता भएको हो । बन्द फिर्ता भएसँगै हाल सवारी साधान सञ्चालनमा आएका छन् ।

भाडाका नीजि सवारीहरुले मनलाग्दी यात्रु बोकेको, स्थानीय प्रशासन र प्रहरीले त्यसको नियन्त्रणमा कुनै चासो नदेखाएको भन्दै व्यवसायीहरुले स्वतस्फूर्त सार्वजनिक यातायात बन्द गरेका थिए ।

 

उक्त विषयमा प्रहरी र जिल्ला प्रशासनले तत्काल एक्सन लिने जनाएको छ । जिल्ला प्रशासनका अनुसार अबदेखि निजी सवारी साधानले यात्रु लिएर रिर्जवमा हिँडनेलाई प्रहरीले नियन्त्रणमा लिने सहमति भएको छ भने नीजि सवारीले आफ्ना आफन्त र परिवारलाई मात्रै बोक्नु पर्ने निर्णय भएको छ ।