Loading... आजः मङ्लबार, बैशाख १८, २०८१
Trending

कानुनमन्त्रीको सम्पती एक हल गोरु र १२ बाख्रा

दैलेख  :  कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हिमबहादुर शाहीको सम्पत्ति विवरण सार्वजनिक भएको छ । मन्त्री शाहीले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई उपल्बध गराएको विवरण अनुसार मन्त्रीको सम्पत्तिमा २ वटा गोरू र १२ वटा बाख्रा रहेका छन् ।

यस्तै, दैलेखको चामुण्डा विन्द्रासैनी नगरपालिका–४ मा ३५ वर्ग मिटर क्षेत्रफलमा एउटा घर रहेको र उक्त घर पुर्ख्यौली सम्पत्ति रहेको विवरणमा देखाएका छन् । मन्त्री शाहीले आफुसँग तीन तोला सुन र दैनिक प्रयोग हुने कपडाको निजि व्यावसाय रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।