Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

अधिवेशन अन्त्य गर्न सरकारको सिफारिस

काठमाडौं  :  सरकारले संघीय संसद्को चालू अधिवेशन अन्त्य गर्न सिफारिस गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी अधिवेशन अन्त्यको सिफारिस गरेको शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले जानकारी दिइन् ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराविरुद्धको महाभियोग प्रस्तावमा छलफल अघि नबढ्दै अधिवेशन अन्त्य गरिएको हो। संसद् अधिवेशन अन्त्य भएसँगै थुप्रै विधेयक अलपत्र परेका छन्। संसद्को यो अधिवेशनले एमसिसी सम्झौता पारित गरेको थियो।