Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

महाशिवरात्री अवसरमा शक्तिपिठमा भक्तजनको भिड

दैलेख  :  दैलेखमा रहेका विभिन्न शक्तिपिठहरुमा भक्तजनहरूको भिड लागेको छ । जिल्लामा रहेका पञ्चकोशिधाम र अन्य विभिन्न शक्तिपिठहरुमा भक्तजनहरूको भिड लागेको हो । शक्तिपिठलाई विशेष शक्ति भरिएको ठाउँका रूपमा लिइन्छ । त्यहाँ गएर उपासना वा पूजा गर्दा शक्ति मिल्ने र काम सिद्ध हुने धार्मिक मान्यता अनुसार शक्तिपिठमा भक्तजनहरूको भिड लाग्ने गरेको छ । जिल्लाको पञ्चकोशि क्षेत्रको शिरिस्थान,नाभिस्थान,पादुका,कोटिला, भुर्तीमा रहेको शिव मन्दिर,दुल्लु नगरपालिका –९ मा रहेको शिदेश्वर मन्दिर लगायतका स्थानहरूमा भक्तजनहरूको भिड लागेको छ ।
नारायण नगरपालिका–६ का मणिराम न्शर्माले शिवरात्रिको दिन जिल्लाका र जिल्ला बाहिरका भक्तजनहरू मेला भर्न आएको बताए ।
नाभिस्थान मन्दिर व्यवस्थापन समितिले महाशिवरात्रिको अवसरमा नाभिस्थानमा भव्य मेला लाग्ने जनाएको छ । समितिले महाशिवरात्रिको अवसरमा मन्दिरमा रहेका टाँगो फेर्न चलन भएका कारण पनि भव्य मेला आयोजन हुने गरेको जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख भुवनेश्वर प्रसाद शाहले स्वास्थ्य सुरक्षा मापदण्डको ख्याल गर्दै मन्दिर क्षेत्रभित्र दर्शनार्थी र भक्तजनका लागि मास्क अनिवार्य गरिएको बताए । उनले मन्दिरको परिसरमा, भाङ, धतुरोलगायत लागूपदार्थ निषेध गरिएको जानकारी दिए । महाशिवरात्री तथा नेपाली सेना दिवस भएका कारो पनि इन्द्रदल गुल्मले कोटिलामा विभिन्न कार्यक्रम समेत गरेको थियो ।