Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

वीरेन्द्रनगरमा जारी कर्फ्यु हटाएर निषेधाज्ञा क्षेत्र तोकियो

सुर्खेत  :  एमसीसी विरुद्ध सोमबार नेपाल बन्दको क्रममा अराजक समूहले आगजनी र भौतिक क्षती गरेपछि जारी कर्फ्यु साँझ ७ बजेकाट स्थानीय प्रशासनले हटाउने भएको छ । सोमबार दिउँसोदेखी प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गर्नुका साथै सार्वजनिक सम्पत्ती र पार्टी कार्यालयमा आगजनी गर्न थालेपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले वीरेन्द्रनगरमा कफ्र्यू आदेश जारी गरिएको थियो ।

दिनभरीको अवस्था हेर्दा कुनै अप्रिय घटना नभएको देखिँदा सोमबार राती सवा ८ बजेबाट जारी कर्फ्यु ७ बजेबाट हटाइने जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाल रिजालले जानकारी दिए । कर्फ्यु अवधिमा कुनै प्रदर्शन भएनन्, शान्तिपूर्ण नै देखिएकाले सात बजेदेखी नै कर्फ्यु हटाउँदैछौं,’ रिजालले भने, ‘सोमबार बढी प्रदर्शन भएको क्षेत्रमा भने निषेधाज्ञा तोक्दैछौं ।’

प्रशासनले निषेधाज्ञा तोकेका क्षेत्रहरुमा यरिचोक, मंगलगढी चोक र हटिया क्षेत्र रहेको छ । यी क्षेत्रमा पाँच जनाभन्दा बढी जम्मा हुन नदिने गरी आज साँझ ७ बजेबाट निधेषाज्ञा लागु हुने प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिए । उनकाअनुसार अर्को आदेश नहुञ्जेसम्म तीन क्षेत्रमा निषेधाज्ञा जारी रहने छ ।