Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

मतदाता नामावलीमा दाबी विरोध र अद्यावधिक सुरु

दैलेख  :  स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै जाँदा जिल्ला निर्वाचन कार्यालयले भने आफ्ना गतिविधि त्रिब्र बनाएको छ । निर्वाचन कार्यालयले आइतबार मतदाता नामावली अद्यावधिक र दाबी विरोध सम्बन्धी सरोकारवाला निकाय सँग अन्तरक्रिया सँगै सो सम्बन्धी कार्यपालिका सार्वजनिक गरेको छ ।

जिल्ला निर्वाचन कार्यालय दैलेखका जिल्ला निर्वाचन अधिकारी मनमाया काउचाले स्थानीय तहको निर्वाचनलाई त्रुटिरहित मतदाता नामावली तयारी गर्ने उद्देश्यले मतदाता नामावली अद्यावधिक तथा दाबी विरोधका लागि जिल्लाका ११ स्थानीय तहका ९० वटै वडामा मतदाता नामावली प्रकाशन गर्ने कार्य १९ गते सम्म गर्न लागेको बताइन ।

उनले मतदाता नामावलीमा दोहोरो नामावली भएका,मृत्यु भएका र नागरिकता परित्याग गरेका,बसाई सराई गरेका , मतदाता नामावलीमा कसैले उजुरी गरेमा स्वयम व्यक्तिले फागुन २४ गते सम्मे आफू स्थानीय बासिन्दा भएको प्रमाणपत्र पेश गर्न सकिने जानकारी दिइन । उनले भन्नि कसैको मृत्यु भएको र मतदाता नामावलीमा नाम भएको खण्डमा स्थानीय पञ्चिधिकारी वा मृतकका आफ्न्तले त्यसको विवरण निर्वाचन कार्यालयमा पठाएको खण्डमा नामावली सच्याउने ब्यबस्था गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले निर्वाचनलाई व्यवस्थित र मर्यादित बनाउन सबैको भूमिका महत्त्वपूर्ण भएको बताउँदै निर्वाचन कार्यालयले तोकेको समय सीमा भित्र आएर आफ्नो मतदाता नामावली सच्याउन आग्रह गरे । उनले स्थानीय निर्वाचनमा खटिने कर्मचारीले राजनैतिक आस्थाका आधारमा मतदाता परिचय पत्र लिने काम गरेको खण्डमा कारबाही हुने बताए । उनले भने मतदाता परिचय पत्र लिन स्वयम व्यक्ति उपस्थिति नभएको खण्डमा परिचय पत्र वितरण रोक्नु पर्ने छ ।

जिल्ला निर्वाचन कार्यालयले जिल्लामा मतदान स्थल १३६ रहेको र त्यसमा आठबिस नगरपालिका– ७ मा जनता आधारभूत विद्यालय गैरा खेतमा मतदान स्थल थपिएको र डुगेश्वर गाउँपालिका–३ मा जनचेतना प्रावि थाली काँडा र नेपाल राष्ट्रिय माध्यमिक विद्यालय हनेटाको मतदान स्थल गाभेर वडा नः ३ को कार्यालय लाई मतदान स्थल कायम गरिएको जनाएको छ ।

कार्यालयले स्थानीय निर्वाचनमा भाग लिन वैशाख २९ गते सम्म १८ वर्ष पुरा गरेका सबैले मतदानमा सहभागी हुने पाउने निर्वाचन कार्यालयले जानकारी दिएको छ । निर्वाचन कार्यालयका अनुसार जिल्लामा कुल मतदाता संख्या एक लाख ६१ हजार १२० रहेको जनाएको छ ।