Loading... आजः बिहिबार, कार्तिक ८, २०८१
Trending

मतदाता प्रतिलिपि बनाउँन निर्वाचन कार्यालयको अनुरोध

दैलेख :  जिल्ला निर्वाचन कार्यालय दैलेखले मतदाता परिचय पत्र हराएको खण्डमा त्यसको प्रतिलिपि बनाउँन आग्रह गरेको छ । निर्वाचन आयोगले मतदाता परिचयपत्र हराएका मतदातालाई प्रतिलिपि दिने व्यवस्था गरेको छ । आयोगले मतदाता परिचयपत्र हराएका व्यक्तिले विवरणसहित वडा कार्यालयबाट सिफारिस गराएर निवेदन दिए प्रतिलिपि दिनेगरी व्यवस्था गरेको हो ।

जिल्ला निर्वाचन कार्यालय दैलेखका जिल्ला निर्वाचन अधिकारी मनमाया काउचाले अनुसार विभिन्न कारणले मतदाता परिचयपत्र हराएका व्यक्तिले प्रतिलिपिका लागि वडाको सिफारिस सहित निर्वाचन कार्यालयमा निवेदन दिन सकिने जानकारी दिइन ।

उनले मतदाता परिचयपत्र हराएको, नासिएको वा अन्य कुनै तवरले आफूसँग नरहेको अवस्थामा मतदाताले आफ्नो वडा कार्यालयको सिफारिससहित प्रतिलिपि परिचयपत्रका लागि सम्बन्धित निर्वाचन कार्यालयमा निवेदन दिन सक्ने व्यवस्था गरिएको बताइन ।
वडाको सिफारिस सहित मतदाता स्वयं उपस्थिती भई निवेदन दिएमा वा जिल्ला निर्वाचन कार्यालय दैलेखको इमेल dailekhdeo@gmail.com  मा पनि निवेदन पठाएमा समेत प्रक्रिया अघि बढ्नेछ ।