Loading... आजः बुधबार, मंसिर १२, २०८१
Trending

दैलेख ,दुल्लु जोड्ने पुलको शिलान्यास

दैलेख  :  दैलेखको नारायण नगरपालिका र दुल्लु नगरपालिका जोड्ने पुलको शिलन्यास भएको छ । नारायण नगरपालिका ९ र दुल्लुनगर पालिका ११ को सिमाना छामघाट खोलामा चुप्रा–कालभैरव मोटोरे बल पुलको शिलान्यास गरिएको हो।

दुल्लु र नारायण नगरको सिमा छामघाट खोलास्थित कइलकुनामा पक्कि पुलको शिलान्यास निर्वाचन क्षेत्र २ (क) का प्रदेश सांसद सुशील थापा, दुल्लुनगर पालिकाका मेयर घनश्याम भण्डारी लगायत जनप्रतिनिधिले पुलको संयूक्त रुपमा शिलान्यास गरेका हुन्।

कर्णाली प्रदेश सरकारले ४ करोड ५७ लाख रुपैँया लागतमा पूर्वाधार विकास कार्यालय दैलेख मार्फत पुल निर्माण गर्न थालेको हो। पुलको ११ मिटर चौडाई र ५० मिटर लम्वाई स्टेमेन्ट रहेको छ। सपना आरवी जेभीले पुल निर्माणको ठेक्का पाएको हो।
सपना÷आरवी जेभीका प्रोपराईटर रुपक थापाले तोकिएको समयभन्दा छिटो पुल निर्माण सकिने लक्ष्य राखिएको बताए ।