गाउँमै गर्भवतीमहिलाहरुको भिडियो एक्स–रे
दैलेख : पालिकामा रहेका गर्भवतीहरूका लागि निःशुल्क भिडियो एक्स–रे कार्यक्रम गरिएको छ । जिल्लाको डुगेश्वर गाउँपालिकाले गर्भवती सँग उपाध्यक्ष भेटघाट कार्यक्रम मार्फत स्वास्थ्य परीक्षण तथा भिडियो एक्स–रे गरेको हो । डुगेश्वर गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा गाउँपालिकामा रहेका ६ वटा स्वास्थ्य चौकीमा गर्भवतीहरूको भिडियो एक्स–रे गरिएको गाउँपालिकाले जानकारी दिएको छ ।
गाउँपालिकाका उपाध्यक्ष सिता ज्ञवालीले गाउँपालिकाका ६ वटा वडाका एक सय २२ जना गर्भवतीहरूको स्वास्थ्य परीक्षण तथा भिडियो एक्स–रे गरिएको बताइन । उनले भौतिक दुरी र आर्थिक रूपमा कमजोर भएका गर्भवतीको वडामै पुगेर निःशुल्क भिडियो एक्स–रे गरिएको बताजानकारी दिइन ।उनले भन्नि भिडियो एक्स–रे मात्र नभएर गर्भावस्थामा गर्नु पर्ने काम,सरसफाइ,खानपिनलागि आवश्यक पर्ने बस्तुहरूका बारेमा समेत जानकारी दिएका छौ ।उनले थपिन नेपालमै यो नयाँ काम हो ।
डुगेश्वर गाउँपालिकाका अध्यक्ष नगेन्द्र मल्लले गाउँपालिकामा कुनै पनि बालबालिका अपाङग,कुपोषित नजन्माउन भनेर यस्ता खालका कार्यक्रम आयोजना गरिएको बताए । जिल्ला स्वास्थ्य सेवा कार्यालयका डाक्टर जीवन ज्ञवालीले गर्भवतीहरूको भिडियो एक्स–रे गर्दा बच्चाको कम तौल भएको,उमेर नपुगेर बच्चा जन्माएको,प्रेसरको समस्या देखिएको बताए । जिल्ला अस्पताल बाहेक अन्य स्थानीय तहमा भिडियो एक्स–रे सेवा नहुँदा समस्यामा परेका गर्भवतीहरूका लागि यो सुनौलो अवसर भएको सहभागीहरूले बताएका छन् ।