Loading... आजः बिहिबार, मंसिर १३, २०८१
Trending

थारु आयोगको प्रतिवेदन संसद्‍मा पेश : अर्को बैठक फागुन ६ गते

काठमाडौं  : संघीय संसद्को प्रतिनिधिसभा बैठकमा थारु आयोगको वार्षिक प्रतिवेदन पेश भएको छ । बुधबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन’ पेस गरेका छन ।
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को अवरोधबीच उक्त प्रतिवेदन पेश भएको हो ।

बैठकले विभिन्न समयमा दिवङ्गत भएका तीन पूर्वसांसद तथा तत्कालीन संविधानसभाका सदस्यको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ।

बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले छुट्टाछुट्टै पेश गर्नुभएको प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको हो। बैठकले नेपाली कांग्रेसकोतर्फबाट २०६४ सालको संविधानसभामा समानुपातिकतर्फबाट निर्वाचित सदस्य जगतबहादुर ताजपुरिया,राष्ट्रियसभामा २०५८ सालमा तत्कालीन नेकपा (एमाले) का तर्फबाट निर्वाचित सदस्य नेता लक्ष्मीदास मानन्धर, २०७० सालको संविधानसभामा तत्कालीन एमालेकातर्फबाट निर्वाचित सदस्य डा दुमनसिंह थापाको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ । अर्को बैठक फागुन ६ गते शुक्रबार दिउँसो १ बजे बस्नेछ ।