Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

सभामुखले बोलाए कार्यव्यवस्था परामर्श समिति बैठक

काठमाडौं  :  सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था तथा परामर्श समितिको बैठक बोलाएका छन् । बुधबार दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकअगाडि कार्यव्यवस्था समितिको बैठक बस्ने भएको हो । संसद सचिवालयकाअनुसार सभामुख सापकोटाले भोलि विहान ११ः ३० बजे नयाँ बानेश्वरस्थित संसद भवनको शंकर हलमा बैठक बोलाएका हुन् ।

संसदमा प्रतिनिधित्व गर्ने दलका प्रमुख सचेतक सहभागी हुने बैठकले प्रतिनिधिसभाको एजेण्डा तय गर्नेछ । यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले कार्यव्यवस्था परामर्श समिति बैठक बोलाउन र एमसीसी टेबल गर्न सभामुख सापकोटालाई टेलिफोन गरेर आग्रह गरेका थिए ।

कांग्रेस संसदीय दलको बैठकमा देउवाले भोलिको बैठकमा एमसीसी टेबल हुने विश्वास लिएका थिए । कार्यव्यवस्था समितिको बैठकमा एमसीसी टेबल गर्ने विषयमा छलफल हुने बताइएको छ ।