निर्वाचन लक्षित सुरक्षा रणनिति बनाउँदै प्रहरी
दैलेख : सरकारले स्थानीय तहको मितिको घोषणा गरे संगै स्थानीय प्रशासन र प्रहरीले निर्वाचन लक्षित सुरक्षा रणनिति तयार गर्न लागेको छ । जिल्लाका ११ स्थानीय तहमा रहेको जनप्रतिनधि,नागरिक समाज,राजनैतिक दल,शिक्षक,बुद्धिजीबीहरु संग आवश्यक छलफल सुरु गरेको हो ।
जिल्लाका विभिन्न भुभागको अध्ययन अनुसन्धानका लागि नेपाली सेना, नेपाल प्रहरी,सशस्त्र प्रहरी बल,राष्ट्रिय अनुसन्धान लगायतलाई परिचालन गरिएको जिल्ला प्रशासन कार्यालयले दैलेखले जानकारी दिएको छ । प्रमुख जिल्ला अधिकारी हिर प्याकुरलले जिल्लाका सुरक्षा सम्बेदनशिल क्षेत्रको अवलोकन,राजनैतिक दल,जनप्रतिनिधि संग छलफल कार्य अगाडी बढाइएको बताए । उनले निर्वाचनमा शान्ती सुरक्षा कायम राखी स्वच्छ निर्वाचन गर्न सबै संग समन्वय साथ अगाडी बढ्ने बताए ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख भुवनेश्वर शाहले निर्वाचन लक्षित सुरक्षा रणनिति संगै सामाजमा हुने अपाराध न्युनीकरण अभियान संचालन गरिएको बतात । उनले शनिवार भैरवी गाउँपालिका उक्त कार्यक्रम संचालन गरेको बताए । उनले भने सबै खाले अपराध न्युनीकरण गर्न बिनाबर्दीको प्रहरी जनताले प्रहरीलाई सहयोग गर्नु पर्ने बताए । स्थानीय तहको निर्वाचनको मिति नजिकिदै जाँदा समाजमा राजनैतिक रंग दिएर हुने विभिन्न घटनाहरु घट्न नदिन प्रहरीले अभियान संचालन गरेको र जिल्लाका ११ वटै पालिकामा कार्यक्रम गर्ने बताए ।
भैरबी गाउँपालिकाका अध्यक्ष प्रेम बुढाले निर्वाचन भनेको लोकतन्त्रको सुन्दर पक्ष भएका कारण शान्त बाताबरणमा सम्पन्न हुने पर्ने बताए । उनले निर्वाचनको समयमा हुने अपराधिक क्रियाकलापलाई रोक्न सबैको दायित्व भएको बताउँदै भैरवी गाउँपालिकामा समस्या नहुने बताए ।
स्थानीय तहको निर्वाचनको मिति तोकिए संगै जिल्लामा रहेको राजनैतिक दलहरु आ–आफ्ना कार्यक्रम लिएर वडा र टोल सम्म पुग्ने गरेका छन । नेकपा एमाले,नेपाली काँग्रेस,एमाओबादी केन्द्र,नेपाल कम्युनिष्टपार्टि एकिकृत समाजबादी लगायतका दलले अहिले वडा वडामा गएर विभिन्न कार्यक्रम संचालन गरिरहेका छन ।