Loading... आजः मङ्लबार, मंसिर ११, २०८१
Trending

एक लाख २० हजारले लगाए कोरोना बिरुद्धको खोप

दैलेख  :  महामारीका रुपमा रहेको कोभिड–१९ को नियन्त्रणका लागि दैलेखमा एक लाख २० हजार ७२ जनाले कोरोना बिरुद्धको खोप लगाएका छन । कोरोना भाइरस बिरुद्धको खोप जिल्लाका ११ स्थानीय तहमा रहेका स्वास्थ्य केन्द्र मार्फत सर्बसाधारणलाई लगाउने काम भइरहेको छ ।

जिल्ला स्वास्थ्य सेवा कार्यालय दैलेखका कोडचेन सुपरभाइजर मदन तिमिल्सेनाले एक लाख २० हजार ७२ जनाले पहिलो र एक लाख आठ हजार तीन जनाले दास्रो डोज खोप लगाएको बताए ।

उनले जिल्लामा बुष्टर डोजको खोप अभियान संचालन भएपनि अहिले सम्म नौ सयले मात्र तेस्रो डोज लगाएको बताए । उनले भने १२ वर्ष देखी १८ उम्मेर समुहका ३५ हजार ६८० जना बालबालिकालाई मोर्डना खोपको पहिलो खोप लगाएको र दोस्रो चरणको ३० हजार लगाएको छ ।

कोरोनाको जोखिम उच्च हुँदै गइरहेको बेलामा सरकारले तोकेको उमेर समूहभन्दा बाहेकका नागरिकहरुको समेत खोप लगाउने पाइने आशमा खोप केन्द्रहरुमा भीड समेत लाग्ने गरेको छ । पहिलो खोप लगाउन आलटाल गरिरहेका नागरिकमा कोरोनाको दोस्रो लहर र तेस्रो लरह पहिलोभन्दा बढी संङ्क्रामक भएर धेरैको ज्यान गएपछि खोपप्रतिको रुचि बढेको थियो ।

तर, सरकारले पर्याप्त खोपको व्यवस्था गर्न नसकेपछि मागजति खोपको आपूर्ति हुन नसकेको स्वास्थ्य सेवा कार्यालयले जानकारी दिएको छ । गत वर्षको माघ १४ गतेबाट ११ स्थानीय तह रहेको दैलेखमा खोप अभियान सुरु भएको थियो । पहिलो चरणमा स्वास्थ्यकर्मी, सरसफाईकर्मी, एम्बुलेन्स चालक लगायत कोरोना विरुद्धको अभियानमा अग्रपंक्तिमा काम गर्नेहरुलाई कोभिसिल्ड खोप दिइएको थियो ।

जिल्ला स्वास्थ्य सेवा कार्यालयका निमित्त ब्यबस्थापन थीर प्रसाद रेग्मीले पहिलो दोस्रो र तेस्रो लहर गरी तीन हजार आठ सय तीन जनामा कारोना सङ्क्रमण पुष्टि भएको जानकारी दिए । उनले तीन हजार ६२३ जना उपचार पछि डिस्चार्ज भएको र एक सय ५१ जना सक्रिय संङ्क्रमि रहेको बताए ।

उनले भने सबै जना होमआइसोलेसनमा रहेको र सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । अहिले सम्म कोरोना संङ्क्रमणका कारण २९ जनाको मृत्यु भएको छ ।