हिउँ हेर्न जाने बढेपछि सडक जाम
दैलेख : सुर्खेत र दैलेखको सीमानामा शनिवार हिउँ परेपछि हेर्न जानेको भीडले सडक जाम भएको छ । वीरेन्द्रनगर नगरपालिकाको सिद्धपाईला, रातानाङ्गला र गुराँस गाउँपालिकाको गुराँसे क्षेत्रमा हेउँ शनिवार विहान परेको हो । शनिवार विहानैदेखी मौसम खुलेपछि वीरेन्द्रनगर र बाह्य जिल्लाका नागरिकहरु हिउँ हेर्न गुराँसे पुगेका छन् ।
गुराँस पुगेका र फर्किरहेकाहरु रातानाङ्गला र सिद्धपाईला क्षेत्रमा सवारीको चापले जाममा परेका हुन् । त्यस्तै भगवतिमाई गाउँपालिका र जाजरकोट जिल्लाको सिमाना सुयडा र नारायण नगरपालिका र महावु गाउँपालिकाको इटाडाडामा समेत मानिसहरुको बाक्लो भिड लागेको छ ।