कर्मचारीलाई अभद्रब्यबहार गर्ने पक्राउ
दैलेख : कर्मचारीलाई कार्यलयमै थुनेर कालोमोसो दल्ने र अभद्र व्यवहार गर्ने मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले दुल्लु नगरपालिका–९ का ३६ बर्षीय प्रेमबहादुर भण्डारीलाई पक्राउ गरेको हो । माघ १३ गते जिल्लाको दुल्लु नगरपालिका–९ को वडा कार्यालयमा कार्यरत वडा सचिव रत्ना कुमारी गिरी र सामाजिक परिचालक भगवती न्यौपाने कार्यालयमा कामकाज गरिरहेको अवस्थामा प्रेम बहादुर भण्डारी लगाएतका दश जना ब्यक्तिहरुले अभद्र व्यवहार गरी कालो मोसो दल्न खोज्ने लगायतका गैरकानुनी कार्य गरेको थिए ।
जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख(डीएसपी) भुवनेश्वर प्रसाद साहले उक्त कार्यमा संलग्न ८ जना पक्राउ परि कानुन बमोजिम अनुसन्धान भईरहेको र फरार रहेका घटनाका योजनाकार तथा मुख्य अभियुक्त प्रेम बहादुर भण्डारीलाई बुधवार पक्राउ गरिएको बताए । उनले पक्राउ परेका भण्डारीलाई जिल्ला प्रशासन कार्यालय दैलेखबाट दश दिनको म्याद थप अनुमती दिई अनुसन्धान गरिरहेको बताए । त्यस्तै सवारी ज्यान सम्बन्धि कसुरमा एक जना ,चोरी कसुरमा दुई जना र अभद्रब्यबहार कसुरमा एक जना पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी प्रमुख शाहले जिल्लाको चामुण्डा बिन्द्रासैनी नगरपालिका वडा नं.–७ बस्ने गोबिन्द प्रसाद शर्माको जाहेरीले वादी नेपाल सरकार प्रतिवादी भे १ख १९२१ नं.को मिनिट्रक चालक जिल्ला बर्दिया गेरुबा गा.बि.स.वडा नं.–६ बस्ने बर्ष ३६ को जितमान चौधरी भएको सवारी ज्यान सम्बन्धि कसुर (सवारी ज्यान) मुद्दामा अनुसन्धानको शिलसिलामा फरार रहेका उनलाई पक्राउ गरिएको जानकारी दिए ।
त्यस्तै जिल्ला दैलेख डुङ्गेश्वर गाउँपालिका –३ चौखुडा वाउन डाँडा पसल चार्ने जिल्ला दैलेख डुङ्गेश्वर गा.पा.–४ अवलपराजुल बस्ने गणेश बि.क.र जनक बि.क.लाई पक्राउ बताए ।