Loading... आजः शनिबार, मंसिर १५, २०८१
Trending

मास्क नलगाउनेलाई एक सय जरिवाना

दैलेख  :  जिल्ला प्रहरी कार्यालयले मास्क नलगाउनेलाई जरिवाना काट्न सुरु गरेको छ । तपाईको मास्क खै अभिायन संचालन गरिरहेको प्रहरीले बुधवार बाट मास्क नलगाउनेलाई जरिवाना काट्न सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख (डिएसपी) भुवनेश्वरप्रसाद शाहले सङ्क्रमण ऐन २०२० अनुसार रु एक सय दरले जरिवाना काटिएको बताए ।

उनले अनिवार्य मास्कको प्रयोग गर्न रेडियो बाट र बजारमा विभिन्न जनचेतना मुलक कार्यक्रम संचालन गरेको भएपनि अटेर गरेका नागरिकलाई जरिवाना काट्न बाध्य भएको बताए । उनले भने बुधवार ५१ जनालाई एक सय रुपिँया जरिवाना काटिएको बताउँदै उक्त अभियान निरन्तर जारी राख्छौ । पहिलो पटक जानकारी नपाएका नागरिकलाई मास्क वितरण गर्छौ । पुन मास्क नलगाएर हिडेको फ्ला परेमा जरिवाना काट्छौ ।

गत पुस २६ गते सम्म कोरोनाको शुन्य सङ्क्रमण रहेको दैलेखमा बुधवार सम्म ८६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य सेवा कार्यालय दैलेखले जानकारी दिएको छ । जिल्ला स्वास्थ्य सेवा कार्यालयका निमित्त ब्यबस्थापक थीर प्रसाद रेग्मीले कोरोना सङ्क्रण दर बढेको भन्दै स्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरे ।

उनले ८६ जनामा कारोना देखिएपनि सबै जना होमआइसोलेसनमा बसेको बताए । उनले भने आइसोलेसन भवनमा अहिले खाली छ । कसैलाई गा्रहो भएको खण्डमा हामी त्यहा राखेर उपाचार गर्न तयार छौ ।