नागरिकका गुनासा सुन्न नागरिक सूनूवाई गर्दै प्रहरी
दैलेख : नेपाल प्रहरीले प्रवाह गर्ने सेवाका विषयमा नागरिकको गुनासो सुन्न जिल्लामा नागरिक सुनुवाइ गरिएको छ । जिल्ला प्रहरी कार्यालयले नागरिक र प्रहरी बिचको सम्बन्धलाई बलियो बनाएर समाजमा शान्ति सुरक्षा प्रत्याभूति गराउने उद्देश्यले नागरिक सुनुवाइ कार्यक्रम गरेको जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख (डिएसपी) भुवनेश्वरप्रसाद शाहले जिल्लाका ११ स्थानीय तहमा नागरिक सुनुवाइ गर्ने कार्यक्रम भए पनि कोरोना महामारीका बिच नारायण नगरपालिकामा मात्र कार्यक्रम सम्पन्न गरिएको बताए ।
उनले जिल्लाका राजनैतिक दल नागरिक समाज,पत्रकारको सहयोगमा शान्ति सुरक्षा,अपराध अनुसन्धानमा समेत सहयोग पुगेको आगामी दिनमा पनि त्यसको निरन्तर सहयोग हुनु पर्ने बताए । उनका अनुसार २०७८ साउन देखि पुस मसान्त सम्म ९१ वटा मुद्दा दर्ता भएका छन् । लागू औषध– दुई वटा सवारी ज्यान–छ वटा कर्तव्य ज्यान तीन वटा ज्यान मार्ने उद्योग –तीन वटा जबरजस्ती करणीका– आठ वटा ,जबर जबरजस्ती करणी उद्योगका –तीन वटा ,झुन्डिएर आत्महत्याका –१८ विष सेवन गरी आत्म हत्या–चार वटा ,बहुविवाहका आठ वटा ,बालविवाहका – तीन वटा लागु औषधका– दुई वटा सार्वजनिक हित नैतिकता विरुद्ध कसुर (अभद्र व्यवहार) –१४ वटा ,सवारी ज्यान सम्बन्धी छ वटा सवारीबाट भवितव्य ज्यान– दुई बाल यौन दुरुपयोग –एक चोरी –एक वटा हातहतियार खरखजाना सम्बन्धी– दुई वटा मानव बेचबिखन तथा ओसारपसार –एक आत्महत्या गर्न दुरुत्साहन गरेको (झुन्डी आत्महत्या)– एक वटा, खोलाले बगाई मृत्यु भिरबाट लडी मृत्यु( भवितव्य ज्यान )–आठ वटा मृत अवस्थामा फेला (फुटकर ज्यान)– तीन वटा गरी ९१ मुद्दा दर्ता भएका छन् ।
यस्तै महिला बालबालिका तथा ज्येष्ठ नागरिक सम्बन्धी १४४ उजुरी परेको छ । अवैध रूपमा बालुवा गिटी उत्खनन गरी लग्ने १३ ट्याक्टर र १३ चालकलाई सम्बन्धी नियाकामा कारबाहिको लागि बुझाएको र अवैध रूपमा काठ ओसारपसार गर्ने २ ट्याक्टर २ चालक बन कार्यालयमा बुझाएको प्रहरीको प्रगति प्रतिवेदनमा उल्लेख गरिएको छ ।
जलचर ऐन विपरीत कार्यमा संलग्न सात जना पक्राउ,लागु औषधमा संलग्न पाँच जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको जानकारी दिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दैलेखले १७ लाख ९१ हजार पाँच सय राजस्व सङ्कलन गरेको छ । ट्राफिक प्रहरीले दुई हजार १४३ सवारी साधनलाई कारबाही गरेको छ ।