Loading... आजः शुक्रबार, मंसिर १४, २०८१
Trending

१ करोड ७२ लाख खोप मौज्दात

काठमाडौँ  :  सरकारले कोरोना विरुद्ध खोप अभियानलाई तिव्र पारेको जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म ४ करोड ३८ लाख ८ हजार ८ सय ४० मात्रा खोप प्राप्त भएको छ। जसमध्ये दुई करोड ९६ लाख ६४ हजार ६०७ मात्रा लगाइएको छ।

मंगलबार एक लाख १९ हजार ३७१ जनाले कोरोना विरुद्ध खोप लगाएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार एक करोड ६३ लाख ३३ हजार ९३७ जनाले पहिलो मात्रा लगाएका छन्। यस्तै, एक करोड ३१ लाख ६ हजार ७२६ जनाले खोपको पूर्ण मात्रा लगाएका छन्।