थप २८ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि
काठमाडौं : नेपालमा थप २८ जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखिएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार ३२ जनाको जिन सिक्वेन्सिङ गर्दा २८ जनामा ओमिक्रोन भेरियन्ट पुष्टि भएको हो।
त्यस्तै ४ जनामा डेल्टा भेरिएन्ट देखिएको मन्त्रालयले जनाएको छ। यसअघि दुई विदेशीसहित २६ जनामा ओमिक्रोन देखिएको थियो।