Loading... आजः शनिबार, मंसिर १५, २०८१
Trending

भगवतिमाई गाउँपालिका ६ टोल पुर्णसरसफाई उन्मुख क्षेत्र घोषणा

दैलेख  :  दैलेखको भगवतिमाई गाउँपालिकाका छ वटा टोललाई पुर्ण सरसफाई उन्मुख टोल घोषणा गरिएको छ । भगवतिमाई गाउँपालिका –१ को पगनाथ, –६ को चिपन्तडा, –७ को दुनी, खगेन,घोडदाउने,–५को पान्ताला टोललाई पुर्ण सरसफाई उन्मुख क्षेत्र घोषणा गरिएको हो ।
भगवतिमाई गाउँपालिकाका जलस्रोत अधिकृत प्रकाश बहादुर थापाले पुर्ण सरसफाईका सातवटा सुचक पुरा गरेका टोललाई पुर्ण सरसफाई उन्मुख क्षेत्र घोषणा गरिएको बताए ।

उनले निमिमित रुपमा शौचालयको प्रयोग,स्वच्छ र शुद्ध खानेपानी,समुचित खानाको प्रयोग,घरायसी र ब्यक्तिगत सरसफाई, वाताबरणीय सरसफाई,खानेपानी सरसफाई स्वच्छता कार्ययोजना निर्माण गरेको ६ वटा टोललाई पुर्ण सरसफाई उन्मुख क्षेत्र घोषणा गरिएको बताए ।

पुर्ण सरसफाई उन्मुख क्षेत्र घोषणा कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष दान बहादुर थापाले भगवतिमाई गाउँपालिकामा रहेका सबै टोलाई पुर्णसरसफाई उन्मुख क्षेत्र घोषणा गर्ने र त्यसपछि वडा हुदै गाउँपालिकालाई पुर्ण सरसफाई युक्त क्षेत्र घोषणा गर्न गाउँपालिका लागि परेको बताए । उनले गाउँपालिकाका प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी खुवाउने आफ्नो लक्ष्य रहेको बताउँदै आफ्नै कार्यकालमा पुर्ण सरसफाईयुक्त गाउँपालिका निर्माण गर्ने अभियानमा आफु रहेको बताए ।

। उनले भने ग्रामिण जलस्रोत ब्यबस्थापन परियोजना तेस्रो चरण र गाउँपालिकाको सयुक्त लगानीमा गाउँपालिकामा ३३ सय ६३ घरधुरी मध्ये १४६५ घरधुरीमा खानेपानीको पहुँच पु¥याइएको बताउँदै प्रदेश सरकार र संघिय सरकार द्धारा निर्माण गरिएका खानेपानी योजना बाट पाँच सय घरधुरीमा खानेपानी पु¥याइएको बताए ।