Loading... आजः शुक्रबार, मंसिर १४, २०८१
Trending

१२० किलोवाटको मिनिग्रिड आयोजना अन्तीम चरणमा

दैलेख  :  जिल्लाको महावु गाउँपालिका–३ बासीको रिठ्ठामा निर्माणाधिन १२० किलोवाटको जगनाथ भैरव सोलार मिनिग्रिड आयोजना निर्माणको अन्तीम चरणमा पुगेको छ । लकडाउन र कोरोना कहरबिच १२० किलोवाट क्षमताको मिनिग्रिड आयोजनाको काम अन्तीम चरणमा पुगेको हो । सौर्य ऊर्जाबाट विद्युत् निकाली महावु गाउँपालिका –३ बासी रिठ्ठाका ४ सय ६६ घरधुरीमा जडान गर्न बैकल्पी उर्जा प्रर्बद्धन केन्द्रले ७ करोड २० लाखमा टेन्डर आह्वान गरेकोमा गोरखा कस्मिक जेभीले ६ करोड ५३ लाखमा ठेक्का पाएको थियो ।

गोरखा कस्मिक जेभि बनस्थली काठमाडौँका सिनिएर प्राविधिक गोर्कर्ण आलेले आयोजनाको काम ९० प्रतिशत काम सम्पन्न भएको बताए । उनले गत फागुनमा सम्झौता भएपनि कोरोना कारण काम साउन महिना देखी सुरु भएको र पावरहावस निर्माण भएपछि अन्य पोलिङको काम सुरु गरिएको बताए । उनले भने प्रत्येक लाभाम्बित घरधुरीमा पाँच वाटको पाँच वटा, तीन वाटको दुई बल्ल, होल्डर र एमसिबि,मिटर,सर्भिस केवल बिवतरण गरिएको बताए । उनले लकडाउनका कारण आवश्यक उपकरण र जनशक्ति व्यवस्थापनमा भएको समस्याले समयमै सम्पन्न गर्न नसकिएको बताए ।

आयोजनाअन्तर्गत तीन सय ३२५ वाट क्षमताका ३७० हजार सोलार पाता जडान गरिएको छ । जसबाट १२० किलोवाट मेगावाट विद्युत् उत्पादन हुनेछ । सोलार पाताबाट उत्पादन हुने डिसी ऊर्जालाई एसीमा बदल्न ६० किलोवाट क्षमताका दुई वटा इन्भर्टर जडान गरिएको छ । ब्याकअपको लागि समेत १२ वटा इन्भटर राखिएको छ । यो प्लान्टले २४ घन्टा विद्युत् उत्पादन गर्नेछ ।

जगनाथ भैरव सोलार मिनिग्रिड आयोजना उपभोक्ता समितिले पावर हावस निर्माण र पक्की शौचालय निर्माणको सार्वजनिक सूनूवाई गरिएको छ । उपभोक्ता समिति र कम्पनी बिच १७ लाख रुपिँयामा निर्माण गर्ने सम्झौता भएको भएपनि पावर हावस र पक्की शौचालय निर्माण गर्न २९ लाख रुपियाँ खर्च भएपछि सार्वजनिक सुनूवाई गरी खर्चको समेत अनुमोदन गरिएको छ ।

उपभोक्ता समितिका अध्यक्ष धन बहादुर मल्लले पावर हावस निर्माण गर्दा उपभोक्ताले दुई दिन जनश्रमदान गर्ने निर्णय भएपनि उपभोक्ताले नै जनश्रमदान नगरी दिएको र कोरोना महामारीका बिचमा आयोजना निर्माणको काम थाल्दा आफनो १३ लाख भन्दा बढि ब्यतिगत लागनी लागेको बताए । उनले भने मेरो ब्यतिगत लगानी हुँदा समेत उपभोक्ताले कहा कसरी रकम खर्च भयो भन्ने जानकारी दिने उद्देश्यले ब्यतिगत लगानीमा सार्वजनिक सूनूवाई गरिएको बताए । उनले सावर्जनिक सूनुवाईमा खर्चको अनुमोदन गरिएको भएपनि जनश्रमदान वापत रकम उठाउन गाउँपालिकाका जनप्रतिनिधि र उपभोक्ताको भेला आयोजना गर्ने निर्णय समेत गरिएको जानकारी दिए ।