Loading... आजः शुक्रबार, बैशाख ४, २०८३
Trending

सरकारले छिट्टै पूर्णता पाउँछ : मुख्यमन्त्री शाही

सल्यान  :  कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले प्रदेश सरकारले छिट्टै पूर्णता पाउने बताएका छन । सबै पार्टी अधिवेशनमा केन्द्रित हुँदा सरकार विस्तारमा केही ढिला भएको स्वीकार गर्दै उनले अब छिट्टै सरकार विस्तार हुने उनले बताए ।

नेपाल प्रेस युनियन सल्यानले खलङ्गामा गरेको पत्रकार सम्मेलनमा मन्त्रिपरिषद् विस्तारमा ढिलाई भए पनि सरकारको काम प्रभावित नभएको बताए । ‘राजनीतिक दलका चुनावी कार्यक्रमले सरकार विस्तारमा ढिला भएको छ’, उनले भने सरकार विस्तार हुन नसके पनि सरकारको काम नियमित भइराखेको छ ।’

६ बको कार्यान्वयन भए समृद्ध कर्णाली बन्ने उनको भनाइ छ । ६ ब मा बाटो, बिजुली, विचार सूचना प्रविधि वन, बजार र व्यवस्थापनमा ध्यान दिन सके प्रदेश धनी बन्ने बताए । कर्णाली सुनको ताली भएको र यसलाई अकार दिए समृद्ध बन्ने उनले बताए ।

मुख्यमन्त्री शाहीले आफ्नो नेतृत्वको सरकार क्रमभङ्गको सरकार नभई गठबन्धनको सरकार भएकाले विगतका सरकारले गरेका राम्रा कामलाई निरन्तरता दिने बताए । यो गठबन्धनको सरकार हो । राम्रा कामलाई निरन्तरता दिन्छौँ, नराम्रा काम सच्याएर अघि बढ्छौँ’, उनले भने जनताको जनजीविकालाई हामीले पहिलो प्राथमिकतामा राखेका छौँ ।